विद्यालयको पीडा : कक्षाकोठा जलमग्न

चन्द्रौटा : विद्यालयमा चारवटा कक्षा कोठा छन्। सबै कोठाको पानी पर्दा बाल्टी थाप्नुपर्ने बाध्यता छ। जीर्ण भवन, प्वाल परेको जस्तापाताले गर्दा विद्यार्थीलाई मात्र होइन‚ शिक्षक शिक्षिकालाई पनि समस्या छ।कक्षाकोठामै पानी चुहिन थालेपछि विद्यार्थीहरू पानी छल्न ओभानोतर्फ बस्ने गर्छन्। पानीका छिटा विद्यार्थीहरूका पुस्तकमा पर्दा कपीकिताब नै भिज्ने गर्छन्। यो समस्या कपिलवस्तुको शिवराज नगरपालिका–५ मा रहेको ज्ञान ज्योति आधारभूत विद्यालयको हो।सानो पानी पर्दा पनि कक्षाकोठामा बाल्टी भरिन्छ। ठूलो पानी