शिवशिखर सहकारीमा १४ अर्ब हिनामिना : थप एक सञ्चालक पक्राउ
कर्मचारीसमेतको मिलेमतोमा सञ्चालकले निक्षेपकर्ताको रकम आफ्ना एक दर्जन कम्पनीमा लगानी गरेर दश अर्बभन्दा बढी हिनामिना गरेपछि शिवशिखर सहकारी धरासायी बनेको हो, निक्षेप फिर्ता गर्न नसकेपछि सहकारी बन्द भएको छ भने...
पोखरा। पोखरा–९, नागढुंगामा रहेको नीति नियम फार्मेसीका सञ्चालक धुर्व शर्मा पक्राउ परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी विभागले अस्पतालका फार्मेसी बाहेक बाहिर बिक्री वितरणका लागि रोक लगाएको औषधी टापेन्टाडोल बिक्री गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा बैदाम प्रहरीले उनलाई पक्राउ गरी थप कारबाहीका लागि औषधी व्यवस्था विभाग काठमाडौँ पठाइएको […]
काठमाडौँ – राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए । साँझ पक्राउ गरिएका तीनै कार्गो […]
४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर भित्रिएको कम्तीमा एक क्विन्टल सुन बरामद प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले सुनसहित मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ नेपाल ल्याउने कार्गो कम्पनीका दुई सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस […]
नेपाल सिमेन्ट उतपादक संघले बिनाअनुसन्धान मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको भन्दै आपत्ति जनाएको छ । कुनै व्यक्तिले घर बनाउँदा बनाउँदै भत्किएको घटनामाथि थप अनुसन्धान नगरी उजुरीकै आधारमा पक्राउ पूर्जी जारी गरिएको भन्दै संघले आपत्ति जनाएको हो । सोही उजुरीका आधारमा उद्योगका सञ्चालकसहित दुई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले […]
भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको करिब १४ अर्ब निक्षेप हिनामिनामा संस्थाका थप एक सञ्चालक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान...
कास्की : कास्कीको एउटा विद्यालयका सञ्चालक बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका छन्। माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञान ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक सोही ठाउँका ४८ वर्षका रामचन्द्र शाही पक्राउ परेका हुन्।सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको थियो। जाहेरीका आधारमा शाहीलाई शुक्रबार पक्राउ गरी बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिकासम्बन्धी कसुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन
काठमाण्डाै – पीडितको चरित्र हत्या गर्ने सेलेब नेपाल (Celeb Nepal) नामक युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् ।
पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गर्ने गुल्मीको भनभने घर भइ बुटबल बसेर युट्युब च्यानल चलाउने राहुल थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थपको अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
यस्तै फेसबुकमा नाबालिकाको अश्लील तस्बिर र अश्लील स्टाटस फेसबुकमा अपलोड गरेर उनका...
काठमाण्डाै – अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने रामबहादुर मल्ललाई पक्राउ गरेको हो । उनले युट्युब च्यालनमार्फत अश्लीलता शीर्षकमा भिडिओ राखेर समाजमा अश्लीलता फैलाएको प्रहरीको आरोप छ ।
पक्राउ परेका मल्ललाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । सिद्धि साई कन्स्ट्रक्सन प्रालिका सञ्चालक दीपेन्द्र शाही पक्राउ परेका छन् । बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेकाले शाहिलाई पक्राउ गरिएको हो । बानेश्वरबाट पक्राउ परेका शाही दुई करोड रुपैयाँभन्दा बढीको चेक अनादर मुद्दामा फरार भएका थिए । शाहीमाथि थप अनुसन्धान भइरहेको छ ।