डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजार बढी संक्रमित

काठमाडौं । डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज १३ गतेसम्म संक्रमितको संख्या २८ हजार १०९ र मृतकको संख्या ३८ पुगेको हो ।  हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ९७५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । त्यस्तै, प्रदेश १...

सम्बन्धित सामग्री

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नजिक

काठमाडौँ – नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्न लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण ११ हजार ९९५ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो दिन कोरोना संक्रमितको संख्या बढ्दा मृत्यु हुनेको संख्या पनि थपिँदै गएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपालमा ९ लाख ९६ हजार २३१ जनामा […]

नेपालमा ओमिक्रोन संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि त्रास

नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ। आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो।कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनलाई कम घातक भनिएका बेला नेपालमा भने ओमिक्रोन संक्रमण बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ। सरकारले दीर्घरोगी, वृद्धवृद्धा र कोरोनाको खोप नलगाएको मृत्यु भएको भने

सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

कोरोनाको तेस्रो लहरमा सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ। रूपनी गाउँपालिका–१ की ७६ वर्षीया एक महिलाको कोरोना संक्रमणकै कारण १० माघमा मृत्यु भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो।बिरामी भएपछि ती महिलालाई विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचार अघि बढाइएको थियो । सोही क्रममा उनको अस्पतालमा मृत्यु भएको रूपनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले बताए। यसअघि विष्णु

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुग्यो

३१ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ । बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण भएको मृत्युदर नेपालमा करिब १.५ प्रतिशत छ ।

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। सन् २०१९ डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिए यता उक्त संख्यामा मृत्यु भएको हो। वल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १८ करोड ५८ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसको छ। विश्वमा रहेका संक्रमितमध्ये २.१६ प्रतिशतको मृत्यु भएको छ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना कारण मृत्यु हुनेको संख्या आज ९ हजार ९ पुगेको हो। नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.५ प्रतिशत रहेको छ। आज कोरोना भाइरसको संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार नाघेको हो।

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, आज १९३ जनाले गुमाए ज्यान

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारको तुलनामा आज बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १९३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। हिजो कोरोनाका कारण मृत्यु हुनेको संख्या १२९ रहेको थियो। नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि बागमती किनारमै जलाउन थालियो शव

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि बागमती किनारमै शव जलाउन थालिएको छ । संक्रमितको शव व्यवस्थापन गर्दै आएको सेनाले दैनिक २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्दै आएको बताएको छ...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ४५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या १९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर पछिल्लो २४ घण्टामा थप २४० जनामा कोभिड–१९ को संक्रभमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८१९ जनाको स्वास्थ्य परीक्षण गर्दा ८७ महिला र १५३ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ६७ हजार ५६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४७७ निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ६१ हजार ४४ पुगेको छ । जसमा निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । अहिले देशभर चार हजार ५४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २३१ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म २० लाख आठ हजार ९४४ को पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ४२ महिला र ८९ पुरुष रहेका छन् ।