वीरगञ्ज महानगरपालिकाको नगरसभा सुरु भएको छ । शुक्रबार वीरगञ्जमा महानगरपालिकाको नगरसभा सुरु भएको हो ।नगरसभामा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का वडासदस्य कृष्ण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ । यादवको दुर्घटनामा परि निधन भएको थियो ।सभामा अहिले नगरसभा सदस्यहरुले बोल्ने क्रम जारी छ ।