काठमाण्डाै - सहरमा हरियाली प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाण्डाै महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षारोपण गरेको छ ।
रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपिसकिएको छ । सहरी हरियालीका प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान रहेको महानगरका मेयर बालेन्द्र शाहले बताउनुभयो ।
सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने ...