मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
जनस्वास्थ्य निकायका अनुसार ‘कार्सिनोजिन’ मात्रा समावेश भएका औषधि प्रयोगले क्यान्सरको जोखिम रहने एक अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा बिक्रीलाई प्रतिबन्धित गरिएको हो । ती सबै मेटफर्मिनमा आधारित औषधि हुन् । यी औषधि बयस्क बिरामीका लागि सिफारिस हुने औषधि हुन् । हाल दक्षिण कोरियामा यी औषधिको सेवन गर्ने बिरामी दुई लाख ६० हजार बढी रहेका बताइएको छ ।