शंखर पहाडी
सर्लाही : जिल्ला अस्पताल सर्लाहीमा रहेका एम्बुलेन्स र शववाहन प्रयोगविहीन हुँदा बिरामीहरुलाई मर्कामा परेका छन्। सरकारी बजेटबाट खरिद गरिएका एम्बुलेन्स र शववाहन तीन महिनादेखि अस्पताल परिसरमै थन्क्याइएको छ तर विरामी भने निजीमा धेरै रकम तिरेर उपचारका लागि जान बाध्य छन्।
विसं २०७७ असारमै टेण्डर आह्वान गरेर एम्बुलेन्स र शववाहन खरिद प्रक्रिया अघि बढाइएको भए पनि विविध कानूनी जटिलताका कारण तीन महिना अघि मात्र एउटा एम्बुलेन्स र एउटा शववाहन खरिद गरिएको थियो। अस्पतालसँग पहिला नै एउटा एम्बुलेन्स रहेको थियो।
...