जनकपुर । जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । नेकपा माओवादी केन्द्र र जसपा नेपालका कार्यकर्ताहरूले असंवैधानिक कदम विरोध गर्दै संयुक्तरुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।आइतबार जनकपुरधामको शिव चोकमा नेकपा माओवादी केन्द्र धनुषा र जनता समाजवादी पार्टी नेपालको संयुक्त नेतृत्वमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन भएको हो । प्रधानमन्त्री ओलीको इशारामा राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिन