नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्ला वर्षहरुमा मानवीय कारणले सिमसार नासिदा पानीचरा हराउँदै गएका छन् । यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा भुँडीफोर (गरुड), किङफिसर, टुमटुमेलगायतका चरा लोपोन्मुख अवस्थामा पुगेका हुन् । जिल्लाको मध्यविन्दु–३ का हुमनाथ उपाध्यायले गाउँको सिमसार क्षेत्र नासिएपछि थुप्रै चरा देख्न छोडेको बताउनुभयो । “हाम्रो गाउँमा १० वर्ष अगाडिसम्म धेरै प्रजातिका चरा देखिन्थ्यो”, उहाँले […]