सल्यान : जनसंख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निर्माणलगायत कारणले सल्यानका सिमसार क्षेत्र मासिन थालेका छन्।सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन, औद्योगिकीकरणले पनि सिमसार क्षेत्र सुक्खा र उजाड बन्न सघाएका छन्।सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाइँदा चरासमेत हराउन थालेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको