नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजकमा शिक्षामूलक एप ‘माई सेकेन्ड टिचर’ भित्रिएको छ । आईएनजी ग्रुपअन्तर्गत इनोभेट टेकले क्रिकेट टोलीको जर्सीमा माई सेकेन्ड टिचर लोगो राख्नेछ । माई सेकेन्ड टिचर जर्सीको अघिल्लो भागमा र इस्लिङ्टन कलेज पछिल्लो भागमा रहने जनाइएको छ ।