काठमाडौँ । सांसद प्रेम सुवालले डेंगु रोकथाममा स्वास्थ्य मन्त्रालयको भूमिका प्रभावकारी नभएको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले डेंगुबाट जनता पीडित भइरहेको बेलामा पनि स्वास्थ्य मन्त्रालयले प्रभावकारी भूमिका नखेलेको आरोप लगाए। उनले भने, ‘कोरोनापछि डेंगु रोगले जनता पीडित छन् । अस्पतालमा शय्या अभाव छ । यो त महामारीको रूपमा फैलिँदै छ […]