झापा : भूमिसम्बन्धी समाधान आयोग खारेज निर्णयविरुद्ध अखिल नेपाल किसान महासंघ झापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक लाख बढीको हस्ताक्षर पठाएका छन्। साउन १९ गते देउवा सरकारको मन्त्रिपरिषद् बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमि आयोग खारेज गरेपछि अहिले देशभरका किसान महासंघ आन्दोलित बनेका छन्।वर्तमान सरकारले आयोग खारेजको निर्णय फिर्ता लिनुपर्ने माग राख्दै महासंघ झापाले १५ वटै स्थानीय तहका किसानहरूले हस्ताक्षर सङ्कलन गरी सोमबार जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्री देउवालाई पठाए