डा देवकोटाबाट राष्ट्रियसभा सदस्यको शपथ

राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उहाँलाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गर्नुभयो । समारोहमा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल र संसद् सचिवालयका महासचिव डा भरत गौतम लगायतले उहाँको स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो …

सम्बन्धित सामग्री

नारायण दाहालले लिए राष्ट्रिय सभा सदस्यको शपथ (तस्बिरहरु)

माओवादी केन्द्रका नेता नारायण दाहालले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् । मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बीच दाहाललाई शपथ गराइएको हो ।  दिगो विकास समितिको हलमा राष्ट्रियसभा सदस्य गणेश तिमल्सिनाले उनको शपथ गराउँदै स्वागत गरे । उनी गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् । संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकी हुन् ।

राष्ट्रियसभा सदस्यमा मनोनीत वामदेव गौतमको आजै शपथग्रहण

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको शपथ आजै लिने भएका छन्। आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभामा मनोनीत भएका वामदेव गौतमले अपराह्न ४ बजे शपथ लिने भएका हुन्। गौतमको शपथग्रहण राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले...