राष्ट्रियसभा सदस्यमा मनोनीत वामदेव गौतमको आजै शपथग्रहण

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको शपथ आजै लिने भएका छन्। आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभामा मनोनीत भएका वामदेव गौतमले अपराह्न ४ बजे शपथ लिने भएका हुन्। गौतमको शपथग्रहण राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले...