नारायण दाहालले लिए राष्ट्रिय सभा सदस्यको शपथ (तस्बिरहरु)

माओवादी केन्द्रका नेता नारायण दाहालले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् । मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बीच दाहाललाई शपथ गराइएको हो ।  दिगो विकास समितिको हलमा राष्ट्रियसभा सदस्य गणेश तिमल्सिनाले उनको शपथ गराउँदै स्वागत गरे । उनी गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् । संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकी हुन् ।