अस्ट्रेलियाको न्यू साउथ वेल्समा बाढीका कारण हजारौं व्यक्तिलाई स्थानान्तरण गरिएको छ। बीबीसीका अनुसार करिब १८ हजार जनालाई उद्धार गरि सुरक्षित स्थानमा पुर्याइएको छ।
केही दिनदेखि सिड्नी र क्विन्सल्यान्डमा अत्याधिक वर्षा भएसँगै नदीमा पानीको बहाब बढेको हो। जसकारण शहरी क्षेत्र डुबानमा परेको छ। दशकौंपछि अस्ट्रेलियामा बाढीको यस्तो प्रकोप देखिएको अधिकारीहरुले बताएका छन्।…