बैतडी : बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत जिल्लाका १ सय ४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ। जिल्लामा १० स्थानीय तहमा रहेका ८४ वटै वडाका १ सय ४४ क्षेत्रमा गणना गरिने भएको जिल्ला कृषि गणनाका कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।कार्यालय प्रमुख पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना गरिने भएको छ। दोगडाकेदार गाउँपालिका, पुचौडी, दशरथचन्द, पाटन नगरपालिकाका १६, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५, सुर्नया, पञ्चेश्वर गाउँपालिकाका १२ र शिवनाथ गाउ