काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिइकाई खुद सम्पत्ति मूल्य साउनमा घटेको छ । असार मसान्तसम्म १० रुपैयाँ ५७ पैसा रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तम्म ९ रुपैयाँ ८२ पैसा कायम भएको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड २५ लाख ७६ हजार ३६० इकाई जारी गरेको थियो । साउन मसान्तसम्म योजना ११ करोड २४ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा छ । असार मसान्तसम्म योजना ५ करोड ८० लाख रुपैयाँभन्दा बढी नाफामा थियो ।
साउनमा योजनाको जम्मा आम्दानी ११ करोड ८ लाख रुपैयाँ ऋणात्मक छ । असार मसान्तसम्म भने योजनाले ८ करोड ४ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको थियो । खर्च रकम पनि असारमा २ करोड २४ लाख रुपैयाँभन्दा बढी रहेकोमा साउनमा १६ लाख रुपैयाँभन्दा बढी मात्र भएको छ । साउन मसान्तसम्म यस योजनाले धितोपत्र गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिसनसहित ८८ करोड २९ लाख रुपैयाँभन्दा बढी छ ।
असार मसान्तसम्म बैंक मुद्दती निक्षेपमा २ करोड रुपैयाँ लगानी गरेको योजनाले साउनमा भने लगानी गरेको छैन । धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने ८३ करोड २४ लाख रुपैयाँभन्दा बढी मात्र छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्