के नेपालमा जीन सिक्वेन्सिङ गरेर कोरोनाको ओमीक्रोन भेरियन्ट पत्ता लगाउने व्यवस्था छ?
कोरोना भाइरसको यो नयाँ भेरियन्ट नेपालमा देखिएको छ वा छैन? नयाँ संक्रमितमा यो नयाँ भेरियन्टको संक्रमण हो वा होइन? भनेर नेपालमा पत्ता लगाउन सकिने व्यवस्था छ त?
नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति ९द्यब्छ’० हो । निर्देशक दासले नयाँ […]
नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ। धुलिखेल अस्पतालले गरेको जीन सिक्वेन्सिङ क्रममा ओमिक्रोनको उपप्रजाति बीए फाइभ भेटिएको हो।
नेपालमा थप २८ जनामा कोरोना ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयले जनाएको छ ।
नेपालमा पनि भाइरसको म्युटसन पत्ता लगाउने जीन सिक्वेन्सिङ (जेनेटिक बनावट) परीक्षण सुरु भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा जीन सिक्वेन्सिङ सुरु भएको हो।
नेपालमा पनि भाइरसको म्युटसन पत्ता लगाउने जीन सिक्वेन्सिङ (जेनेटिक बनावट) परीक्षण सुरु भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा जीन सिक्वेन्सिङ सुरु भएको हो।
कोरोना भाइरसको ‘जीन सिक्वेन्सिङ’ नेपालमै शुरूआत गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले सोमवार एक जानकारी प्रकाशित गर्दै नेपालमै पहिलोपटक ‘जीन सिक्वेन्सिङ’ गरिएको जानकारी दिइन् ।
त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभागमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नमूनाहरू गरी ४२ नमूनाको सिक्वेन्सिङ गरिएको जनाइएको छ ।
जसमध्ये ४१ वटा नमूनामा डेल्टा भेरियन्ट देखिएको र एउटामा अल्फा भेरियन्ट देखिएको निर्देशक झाले जनाएकी छन् ।
भाइरसको परिवर्तित स्वरुपलाई नयाँ भेरियन्ट भनिन्छ। त्यसलाई विश्व स्वास्थ्य संगठनले एउटा नाम दिन्छ। नयाँ भेरियन्टले विश्व जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना भएमा त्यसलाई भेरियन्ट अफ कन्सर्नको संज्ञा दिइन्छ।