जिल्ला प्रशासन कार्यालय भक्तपुरले भाटभटेनी सुपर मार्केटलाई ५० हजार रुपैयाँ नगद जरिवाना तिराएको छ । तोकिएको भन्दा बढी मुल्यमा खाद्य सामग्री विक्रि गरेको ठहर गर्दै प्रशासनले भाटभटेनीलाई ५० हजार जरिवाना तिराएको हो ।बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीको संयोजकत्वमा प्रशासनले गरेको अनुगमनमा भक्तपुरको राधेराधेस्थित भाटभटेनीले तोकिएको मुल्य भन्दा महंगोमा खाद्य सामग्री विक्रि गरेको पार्इएपछि जरिवाना गरिएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार भाटभटेनीले खरिद विल नराखी उपभोक्तालाई आफूखुशी बढी मूल्यमा खाद्य बस्तु विक्रि गरेको थियो ।अनुगमन टोलीमा महानगरीय प्रहरी परिसर ललितपुर, घरेलु तथा साना उद्योग कार्यालय, नाप तौल कार्यालय, स्थानीय तह, उद्योग वाणिज्य संघ र पत्रकारसमेत थिए ।