यू-२० साफ च्याम्पियनसिपको तालिका सार्वजनिक

काठमाडौँ– यू-२० पुरुष साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले ९-२० साउनसम्म भारतमा आयोजना हुने प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । खेल ९ गते हुनेछ । प्रतियोगिताको सबै खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने साफले जनाएको छ । यस्तै नेपालले दोस्रो […]

सम्बन्धित सामग्री

यू- २० साफ च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले पहिलोपटक जित्यो उपाधि

घरेलु टिम नेपाललाई हराउँदै बंगलादेशले पहिलोपटक यू- २० साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

यू- २० साफ च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले पहिलोपटक जित्यो उपाधि

घरेलु टिम नेपाललाई हराउँदै बंगलादेशले पहिलोपटक यू- २० साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

यू–२० साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाडौं : यू–२० साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। गएराति भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले हराउँदै घरेलु टोली भारतले उपाधि रक्षा गरेको हो। भारतलाई जित दिलाउन गुर्किरात सिंहले ४ गोल गरे। यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे। बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक–एक गोल गरे । यो जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदलासमेत लिएको छ। बंगलादेशले लिग चरणमा भारतलाई २–१ ले हराएको थिय

यू–२० नेपाली राष्ट्रिय टोली स्वदेश फर्किंदै

काठमाडौं । यू–२० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टोली आज बिहीबार स्वदेश फर्कने भएका छन् । नेपाली टोली बिहीबार दिउँसो ४ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपाली टोलीले दुई खेलमा जित, एक बराबरीसँगै एक […]

यू–२० साफ च्याम्पियनसिप : बंगलादेशको लगातार तेस्रो जित

भुवनेश्वर । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा बंगलादेशले लगातार तेस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै लगातार तेस्रो जित निकालेको हो । बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले ह्याट्रिक पूरा गरे । मोहमद राफिकुल इस्लामको नाममा एक गोल रह्यो । माल्दिभ्सका जेइन जाफरले एक […]

यू–२० साफ च्याम्पियनसिप : नेपालको सुखद सुरुवात

भारतमा आजदेखी सुरु भएको यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । भुवनेश्वर स्थित कालिंगा रंगशालामा सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हरायो । नेपालको जितमा दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गर्नुभयो ।

यू–२० साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालको एक गोल

भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले अहिले उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । खेलको पहिलो हाफमा नेपालले १–० गोलको अग्रता समेत लिएको छ ।

यू २० साफ च्याम्पियनसिप जित्नेमा केसी आशावादी

काठमाडौं (हाम्रो खेलकुद) – युवा फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले साफ यू २० च्याम्पियनसिप जित्नेमा आशावादी रहेका दोहोराएका छन् । भारतको भुवनेश्वरमा सोमबार सुरु हुने च्याम्पियनसिपको प्रि म्याच कन्फ्रेन्समा बोल्दै केसीले टोलीका तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताए हुन् । झण्डै दुई महिनायता युवा टोलीले च्याम्पियनसिपका लागि तयारी गरिरहेको छ । कोरोना […]

यू–२० साफ च्याम्पियनसिप टोलीको घोषणा

भारतको भुवनेश्वरमा जुलाई २५ देखि आयोजना हुन लागेको यू–२० साफ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) २३ सदस्यीय नेपाली खेलाडी टोलीको घोषणा गरिएको छ । टोलीका प्रशिक्षक मेघराज केसीले सोमबार बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम २३ जना खेलाडीको नाम घोषणा गर्नुभएको हो ।

यू–२० साफ च्याम्पियनसिप : राम्रो नतिजा ल्याउने प्रशिक्षक केसीको दावी

जुलाई २५ देखि अगस्ट ५ सम्म भारतको भुवनेश्वरमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिप फुटबलमा राम्रो नतिजा ल्याउने नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले दावी गर्नुभएको छ । नेपाली टोली अहिले बन्द प्रशिक्षणमा ब्यस्त छ ।