अमेरिकी राष्ट्रपति जो बाइडनले स्वच्छ ऊर्जा अर्थतन्त्रका लागि आफ्ना योजनामा मतदातालाई बेच्ने प्रयास गरिरहेका बेला युवाहरूलाई हरित रोजगारी प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले बुधबार नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम’ को शुभारम्भ गरिएको बताउनुभएको छ । “आज, हामी स्वच्छ ऊर्जा, वातावरण संरक्षण र जलवायु उत्थानशीलता कार्यकर्ताहरूको अर्को पुस्तालाई परिचालन गर्दैछौं,” उहाँले एक्स (ट्वीटर) मा लेख्नुभएको छ । …