नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीबारे रिपोर्टिङ गर्ने भएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले एमसीसीबारे रिपोर्टिङ गर्ने एजेण्डा तय भएको एक नेताले बताए । माओवादीले गत मंसिरमा सम्पन्न भएको महाधिवेशनका साथसाथै पार्टीको बैठकले एमसीसी यथास्थितिमा पास गर्न नगर्न निर्णय गरेको थियो । तर अन्तिम समयमा माओवादीले १२ बुँदे व्याख्यात्मक घोषणालाई टेकेर एमसीसी पारित गर्न सघाएको थियो । तर, सोही निर्णयलाई लिएर माओवादी