महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले प्रतिवेदनको सम्बन्धमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने बताएका हुन् ।उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएको भन्दै भोलिनै त्यसलाई पनि अन्तिम रुप दिइने बताए । उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्