सांकेतिक रूपमा मनाइयो २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं । राष्ट्रिय शोकका कारण २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस सांकेतिक रूपमा मात्रै मनाइएको छ । काठमाडौं महानगरपालिकाले भूगोलपार्कस्थित भूकम्प स्मृति स्मारकमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सोमवार कार्यक्रम गर्ने तयारी थियो । तर, आइतवार पोखरामा भएको विमान दुर्घटनापछि सोमवार शोक मनाउन सरकारले सार्वजनिक बिदा दिएको थियो । सोही कारण स्मारकमा फूल चढाएर कार्यक्रम गरिएको र सांकेतिक रूपमा मात्रै दिवस मनाइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । कार्यक्रममा महानगरपालिकाका विभागीय प्रमुखहरूको उपस्थिति थियो । विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको थियो । त्यसैको सम्झनामा सरकारले माघ २ गतेका दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । सरकारले आइतवार यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७२ यात्रुको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत सहभागी हुने कार्यक्रम पनि स्थगित गरिएको थियो । यस वर्ष ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नारासहित दिवस मनाउने तयारी गरिएको थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भविष्यमा आउन सक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरू गरेको थियो । सोमवार स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने प्रचारप्रसार समितिका संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताए । रासस

सम्बन्धित सामग्री

राष्ट्रिय भूकम्प सुरक्षा दिवस चन्द्रागिरीमा मनाइने

काठमाडौं– राष्ट्रिय भूकम्प सुरक्षा दिवस यसवर्ष काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मनाइने भएको छ । विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा माघ २ गते चन्द्रागिरी नगरपालिकामा २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको हो । शहरी विकास तथा भवन निर्माण विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको दिवसको नारा स्थानीय स्रोत र प्रविधिको समेत […]

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम स्थगित

सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकोमा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ।...

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह कार्यक्रम स्थगित

काठमाण्डाै – राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह कार्यक्रम स्थगित भएको छ । पोखरामा आज आइतवार भएकाे विमान दुर्घटनाको शोकमा भोलि साेमवार सार्वजनिक बिदा दिइएकाले कार्यक्रम स्थगित गरिएको हो ।  माघ २ गते भोलि देशभर विभिन्न कार्यक्रम गरी २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । विसं १९९० माघ २ गते दिउँसो २ बजेर ४० मिनेटमा भूकम्प गएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।  सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृह मन्त्रीलगायत आउने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार...

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम स्थगित

काठमाडौं । सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा […]

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम स्थगित

सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, […]

माघ २ मा २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने

काठमाडौं । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको छ ।  ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको

राष्ट्रिय भूकम्प सुरक्षा दिवस काठमाडौं महानगरपालिकामा गरिने

काठमाडौं। २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह यसपाली काठमाडौं महानगरपालिकामा गर्ने निर्णय भएको छ। आज गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको २५औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो। मूल समारोह समितिको सभापति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह रहने र प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गर्ने निर्णय भएको छ।

आज २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भर्चुअल माध्यमबाट चेतना जगाइँदै

काठमाण्डाै -  २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट भूकम्प दिवस मनाउन लागिएको हो । भूकम्पले नभइ कमजोर संरचनाले मानवीयलगायतको क्षति गर्छ भन्ने चेतना जगाउँदै २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज ललितपुरको पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा निश्चित व्यक्तिको मात्रै भौतिक उपस्थित रहने ...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं : १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ। ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो।भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो। वि.सं. २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ। भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जग

२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मध्यपुर थिमिमा मनाइने

२९ पुस, काठमाडौं । ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ यस वर्षको २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिने छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते मनाउने गरिन्छ । […]