काठमाण्डाै - २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट भूकम्प दिवस मनाउन लागिएको हो । भूकम्पले नभइ कमजोर संरचनाले मानवीयलगायतको क्षति गर्छ भन्ने चेतना जगाउँदै २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउन सुरु गरिएको हो ।
दिवसका अवसरमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज ललितपुरको पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा निश्चित व्यक्तिको मात्रै भौतिक उपस्थित रहने ...