काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल संसदीय दलको नेता चयन भएका छन्। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा सोमबार बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत नेता चयन गरेको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए। उनका अनुसार नेता नेपालले राजेन्द्र पाण्डेलाई उपनेता र प्रकाश ज्वालालाई सचेतक तोकेका छन्। समानुपातिक तर्फ थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादीबाट प्रत्यक्षमा १० जना सांसद प्रत्यक्ष निर्वाचित भएका छन्।