काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीले भक्तपुरको गुन्डु पुगेर भेटेका छन् । आइतबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी गुण्डु पुगिन् । त्यसपछि प्रधानमन्त्री कार्की पुगिन् । भण्डारीको साथमा केही सहयोग पनि त्यहाँ पुगेका थिए। ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरको कोरियन अस्पतालमा निधन भएको थियो । […]
वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको जनाएको छ । अमेरिकी केन्द्रीय सैन्य कमाण्डले शनिबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो । सैन्य कमाण्डका अनुसार अमेरिकी सेनाले खार्ग टापुमा रहेका ९० भन्दा बढी इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ । आक्रमणका क्रममा तेलसम्बन्धी संरचनालाई भने क्षति नपुर्या […]