सत्ता गठबन्धन दलहरूभित्र आगामी निर्वाचनमा गठजोड गर्ने वा एक्ला–एक्लै प्रतिस्पर्धा गर्ने भन्ने बहस चलिरहेको छ । नेताहरूको हरेक दिनको बोली यही विषयकेन्द्रित छ । सरकार बनाउने सन्दर्भमा एकढिक्का बनेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) भित्र सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा परिणत गर्ने वा नगर्ने भन्ने बहस पेचिलो बन्दैछ । यस विषयमा नेताहरूकै बीच दोहोरी चलिरहेको छ ।