सुर्खेत – कर्णाली प्रदेशका मुख्य सचिव चन्द्रमान श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेकाे मानव अधिकारकाे टाेलीले बताएकाे छ । खेतीयोग्य जमिन र सुरक्षित आवासको माग गर्दै आन्दोलनमा रहेका बादी समुदायको बारेमा छलफल गर्न जाँदा मुख्य सचिव श्रेष्ठले आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेकाे टाेलीकाे आराेप छ ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झंकर रावलले मुख्य सचिव श्रेष्ठले बादी समुदायको विषयमा छलफल गर्ने क्रममा विवाद भएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले पनि दुर्व्यवहार गरेको ...