जाजरकोट महोत्सवको चौथो दिन २ करोड रुपैयाँको कारोबार

जाजरकोट – चौथो जाजरकोट महोत्सवको चौथो दिन (बिहीवार) दुई करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । सदरमुकाम खलङ्गामा पुस ११ गतेदेखि सुरु भएको महोत्सवमा बिहीवार होटल, व्यापार–व्यवसायबाट दुई करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको आयोजक समितिले जनाएको छ । 'कर्णाली समृद्धिको आधार : पर्यटन विकास र पूर्वाधार' भन्ने नाराका साथ कृषि  पर्यटन, कला संस्कृति वातावरण तथा औद्योगिक मेलाको रूपमा सञ्चालन भएको महोत्सवको बिहीवारमात्रै १० हजार जनाभन्दा बढीले अवलोकन गरेका थिए । महोत्सव हेर्न आएकाबाट ज...

सम्बन्धित सामग्री

यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ ।  यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरू बताउँछन् । सरकारले नै विशेष चासोका साथ धितोपत्र बजारलाई हेरिरहेको अवस्थामा लगानीकर्ता केही आशावादी देखिएको ब्रोकरहरूको बुझाई छ । बजारमा पर्याप्त तरलता र कम ब्याजदरका बावजुत पनि लगानीकर्ता उत्साहित नहुनुको पछाडि अस्थिर नीति रहेको ब्रोकरहरू बताउँछन् ।  यतिबेला अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारसँग सम्बन्धित तीनओटै निकायबाट बजारको लागि तत्काल समाधान गर्न सकिने कामको प्रतिवेदन लिएका छन् । ती कामहरूको अध्ययन र आवश्यकतालाई लिएर तत्काल केही नयाँ नीति आउने सम्भावनालाई पनि गहनतापूर्वक लिएको लगानीकता बताउँछन् । धितोपत्र बजार सूचनामा आधारित बजार भएकाले यो क्षेत्रसँग जोडिएर आउने हरेक सूचनाले बजारलाई प्रभावित पार्ने भएकाले लगानीकर्ता यतिबेला पर्ख र हेरकै अवस्थामा रहनुपरेको बताउँछन् । अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ । अघिल्लो साताभन्दा गत साता औसत कारोबार रकम १ अर्ब ११ करोडभन्दा बढीले र औसत कारोबार कित्ता ४० लाख २७ हजारभन्दा बढीले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता औसतमा ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको ६६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।  यो साता घटेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।  सर्वोत्तम सिमेन्टको लगातारको सकारात्मक सर्किटले उत्पादन तथा प्रशोधनको परिसूचक करीब ८ प्रतिशत बढ्यो  यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव ८४ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहसँगै म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेपनि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा भने आकर्षक वृद्धि देखिएको छ । यो समूहअन्तर्गत सूचीकृत सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिनदेखि नै सकारात्मक सर्किट लेभलमा वृद्धि भएसँगै समग्र समूहगत परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।  हालसम्म सर्वोत्तम सिमेन्टको सात दिन कारोबार भएको छ । चैत ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर कारोबार चैत ६ गतेदेखि भएको हो । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य सातांै कारोबार दिनसम्म आइपुग्दा १ हजार ८२ रुपैयाँ ७० पैसा कायम भएको छ । यो साता लघुवित्त समूहको परिसूचक सर्वाधिक घटेको छ । लघुवित्तको ३ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै वित्तको २ दशमलव १४ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९९ प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

सातामै लगानीकर्ताले १ खर्बभन्दा बढी गुमाए, नेप्से परिसूचक १ हजार ९०० विन्दु तल

काठमाडौं । गत साताको कारोबारमा धितोपत्र दोस्रो बजारका लगानीकर्ताले १ खर्ब ११ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी गुमाएका छन् । अघिल्लो साताको अन्तिम कारोबार दिन २९ खर्ब ८३ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ७२ अर्ब १० करोड रुपैयाँभन्दा बढी कायम भएको हो । गत साता धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक ८२ दशमलव ३२ अंक घटेर १ हजार ८७४ दशमलव ६० विन्दुमा झरेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ९५६ दशमलव ९२ विन्दुमा थियो । प्राथमिक बजारमा सार्वजनिक निष्कासनले निरन्तरता पाइरहँदा दोस्रो बजारमा भने माग बढ्न नसकेको अवस्था छ । यतिबेला बैंकिङ प्रणालीमा तरलता सहज भए पनि उच्च ब्याजदर र शेयर धितोकर्जा सीमाका कारण लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जाको सीमा १२ करोड रुपैयाँदेखि बढाएर व्यक्तिगत लगानीकर्ताको हकमा १५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताको हकमा २० करोड रुपैयाँ कायम गरेको छ । असोज १८ गते राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै शेयर धितोकर्जाको सीमा बढाएको हो । शेयर धितोकर्जाको सीमा खारेजीको माग गर्दै आएका लगानीकर्ता राष्ट्र बैंकको यो व्यवस्थाबाट पनि सन्तुष्ट बन्न सकेनन् । लगानीकर्ता छोटेलाल रौनियारले बैंक तथा वित्तीय संस्थाको सर्वाधिक हिस्सा रहेको धितोपत्र बजारमा राष्ट्र बैंकको नीतिले प्रत्यक्ष असर पार्ने भएकाले पछिल्लो समय त्यसकै असर बजारमा देखिएको प्रतिक्रिया दिएका छन् । राष्ट्र बैंकजस्तो निकायले नीतिगत परिवर्तन गर्दा बजारको असरलाई समेत ध्यान दिनुपर्नेमा रौनियारले जोड दिएका छन् । गत साता पाँच कारोबार दिनमा एक दिन मात्र बजार बढेको छ । पहिलो कारोबार दिन ३५ दशमलव ६७ अंक, दोस्रो दिन १२ दशमलव ५८ अंक र तेस्रो दिन १९ दशमलव शून्य ६ अंकले घटेको बजार चौथो दिन भने ५ दशमलव १६ अंकले बढेको थियो । अन्तिम पाँचौं कारोबार दिन बजार २० दशमलव १६ अंकले घटेको छ । दशैं नजिकिएसँगै लगानीकर्ताले खर्च जोहो गरेकाले पनि बजारमा असर परेको ब्रोकरहरू बताउँछन् ।  गत साता पाँच कारोबार दिनमा ७ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको २ करोड ५७ लाख २१ हजार कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो साता पाँच कारोबार दिनमा ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको २ करोड ४३ लाख ५१ हजार कित्ता धितोपत्र कारोबार भएको हो । गत साता औसतमा १ अर्ब ४० करोडभन्दा बढीको ५१ लाख ४४ हजार कित्ता धितोपत्र कारोबार भएको देखिन्छ । अघिल्लो साता औसतमा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको ४८ लाख ७० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साता कुल कारोबार रकम १ करोड ९५ लाख रुपैयाँभन्दा कम भएको हो भने औसत कारोबार रकम ३९ लाख रुपैयाँभन्दा बढीले घटेको हो । कुल कारोबार कित्ता १३ लाख ७० हजार बढी भएको छ भने औसत कारोबार कित्ता २ लाख ७४ हजारले बढेको छ । स्रोत : नेपाल स्टक एक्सचेन्ज ।  होटल तथा पर्यटन समूहको परिसूचक ६ प्रतिशतभन्दा बढीले घट्यो  गत साता होटल तथा पर्यटन समूहको परिसूचक ६ दशमलव शून्य ३ प्रतिशतले घटेको हो । गत साता सबै समूहगत परिसूचकहरू घटेका छन् । होटल तथा पर्यटन समूहपछि निर्जीवन बीमा समूहको परिसूचक ५ दशमलव ८१ प्रतिशत घटेको छ । त्यस्तै जलविद्युतको ५ दशमलव ८० प्रतिशत, जीवन बीमाको ५ दशमलव २४ प्रतिशत, वित्तको ४ दशमलव ६५ प्रतिशत, विकास बैंकको ४ दशमलव ३५ प्रतिशत, लगानीको ३ दशमलव ५९ प्रतिशत, बैंकिङको ३ दशमलव ५७ प्रतिशत, अन्यको ३ दशमलव ५५ प्रतिशत, लघुवित्तको ३ दशमलव ३८ प्रतिशत, व्यापारको २ दशमलव ९७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ९५ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव २२ प्रतिशत परिसूचक घटेको छ । गत साता सबैभन्दा कम परिसूचक म्युचुअल फण्डको घटेको हो ।  स्रोत : नेपाल स्टक एक्सचेन्ज ।

साताको बजार : चार कारोबार दिनमा ७ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । यो साता चार कारोबार दिनमा ७ अर्ब ३६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको २ करोड ४१ लाख ३४ हजार ६२५ कित्ता धितोपत्र कारोबार भएको छ । गत साता पनि चार कारोबार दिन मात्र दोस्रो बजार खुला भएको थियो । गत साता चार कारोबार दिनमा ५ अर्ब २२ करोड ११ लाख रुपैयाँभन्दा बढीको १ करोड ८१ लाख १७ हजार ८१३ कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता २ अर्ब १४ करोड ८३ लाख रुपैयाँभन्दा बढीको ६० लाख १६ हजार ८१२ कित्ता बढी धितोपत्र कारोबार भएको हो । यो साता बजारका महत्त्वपूर्ण सूचकहरू सकारात्मक देखिएका छन् । कारोबार रकम र कित्तामा वृद्धि भएको यो साता नेप्से परिसूचक पनि २२ दशमलव ७२ अंकमाथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ७ दशमलव शून्य ६ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार २९ दशमलव ७८ विन्दुमा पुगेको हो ।  यो साता चार कारोबार दिनमा पहिलो कारोबार दिन ४२ दशमलव १४ अंकले घटेको बजार त्यसपछिका तीन कारोबार दिन भने निरन्तर बढेको छ । दोस्रो दिन ४ दशमलव २६ अंक, तेस्रो दिन १६ दशमलव २४ अंक र चौथो दिन ४४ दशमलव ३४ अंक नेप्से परिसूचक बढेको हो ।  सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । यतिबेला बजार लाभांश सिजनका कारण पनि सकारात्मक बनेको बुझाइ ब्रोकरहरूको छ । लामो समय घटेको बजार लाभांशको प्रभावबाट पनि केही माथि जाने विश्वास लगानीकर्तामा देखिएको छ । लगानीकर्ताको यही उत्साह नै बजार बढ्नुको प्रमुख कारण रहेको एक ब्रोकरले बताए ।  यतिबेला सरकार पनि बजार विकासको पहलमा लागिरहेको छ । शेयर धितोकर्जाको सीमाबाट प्रभावित बनेको बजारलाई उक्त सीमा हटाएर भए पनि सकारात्मक बनाउने पहलमा सरकारसमेत रहेको देखिन्छ । शेयर धितोकर्जाको १२ करोड रुपैयाँसम्मको सीमा हटाउन वा राख्नै पर्ने भए २५ करोड रुपैयाँसम्म कायम गराउन अर्थमन्त्री डा. प्रकाशशरण महतसमेत लागिपरेका छन् । उनले नेपाल राष्ट्र बैंकसमक्ष शेयर धितोकर्जाको सीमा पुनरावलोकन गर्नका लागि निर्देशन दिइसकेका छन् । यतिबेला राष्ट्र बैंक पनि अर्थमन्त्रीको निर्देशनलाई सकारात्मक रुपमा लिएर अघि बढेको स्रोतको दाबी छ । ठूला लगानीकर्तालाई लगानीमा प्रोत्साहन गर्नसमेत शेयर धितोकर्जाको सीमा हट्नुपर्ने माग लगानीकर्ताहरूको छ । साथै बैंकिङ प्रणालीमा पर्याप्त मात्रामा तरलता भएको अवस्थामा ब्याजदर घटाएर पूँजीबजार लगानी गर्न प्रोत्साहन गर्नुपर्ने मागसमेत लगानीकर्ताहरूले गरेका छन् ।  यो साता बजार बढेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ४ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ७४ अर्ब १३ करोड रुपैयाँभन्दा बढी कायम भएको छ । गत साताको तुलनामा यो साता कुल बजार पूँजीकरण ६९ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । जलविद्युत समूहको परिसूचक सर्वाधिक बढ्यो यो साताको कारोबारमा चार समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । व्यापारिक समूहको सर्वाधिक २ दशमलव ३१ प्रतिशत परिसूचक घट्दा होटल तथा पर्यटनको १ दशमलव १३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६७ प्रतिशत र बैंकिङको शून्य दशमलव ६४ प्रतिशत परिसूचक घटेको हो । यो साता जलविद्युत समूहको परिसूचक सर्वाधिक ६ दशमलव ७७ प्रतिशत बढेको छ ।  धितोपत्र दोस्रो बजारमा जलविद्युत समूहअन्तर्गत ८२ ओटा कम्पनीहरू सूचीकृत छन् । कम्पनीको हिसाबमा जलविद्युत् समूह अन्तर्गतका सबैभन्दा बढी कम्पनी दोस्रो बजारमा सूचीकृत रहेका हुन् । यो साता जलविद्युतपछि वित्त समूहको परिसूचक सर्वाधिक बढेको छ । उक्त समूहको परिसूचक ३ दशमलव ८९ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंकको २ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३३ प्रतिशत, लगानीको १ दशमलव ४४ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २९ प्रतिशत, लघुवित्तको १ दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ९१ प्रतिशत र निर्जीवन बीमाको शून्य दशमलव ४६ प्रतिशत परिसूचक बढेको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

यो साता धितोपत्र दोस्रो बजारको पूँजीकरण ५५ अर्बले घट्यो, करीब १७ करोडको कारोबार

काठमाडौं । यो साताको कारोबारमा धितोपत्र दोस्रो बजारको पूँजीकरण गत साताको तुलनामा ५५ अर्ब २ करोड रुपैयाँले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ७९ अर्ब ९५ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३१ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ कायम भएको हो ।  यो साता पाँच कारोबार दिनमा बजार चार कारोबार दिन घटेको छ भने एक कारोबार दिन बढेको छ । नेपालको धितोपत्र दोस्रो बजारमा बैंक तथा वित्तीय संस्थाको स्वामित्व बढी छ । यसर्थ पनि नेपाल राष्ट्र बैंकले जारी गर्ने नीति निर्देशनबाट बजार बढी नै प्रभावित हुने गरेको छ । गत आइतवार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्‍यो । मौद्रिक नीति सार्वजनिक भएको दिन ६३ दशमलव २४ अंकले बढेको बजार त्यसपछिका चार कारोबार दिन भने निरन्तर घटेको छ । दोस्रो कारोबार दिन २६ दशमलव ६६ अंक, तेस्रो दिन ३६ दशमलव १९ अंक, चौथो दिन ८ दशमलव ११ अंक र पाँचौं दिन २९ दशमलव ७१ अंक बजार घटेको हो । चार कारोबार दिन घटेर यो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार १२६ दशमलव ४८ विन्दुमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार १६३ दशमलव ९२ विन्दुमा थियो । गत साताको तुलनामा यो साता नेप्से परिसूचक ३७ दशमलव ४४ अंक घटेको हो । मौद्रिक नीतिले धितोपत्र बजार प्रभावित बन्दै आएको शेयर धितोकर्जाको सीमा परिवर्तन गर्ने अपेक्षा लगानीकर्ताहरूको थियो । शेयर धितो कर्जाको १२ करोड रुपैयाँसम्मको सीमा खारेज हुनेसँगै बजार सुधारका लागि थप अन्य नीतिको आशामा बसेका लगानीकर्ताको आशा मौद्रिक नीतिले पूरा गर्न नसकेपछि बजार प्रभावित बनेको जानकारहरू बताउँछन् । मौद्रिक नीतिमा शेयर धितोकर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने उल्लेख छ । उक्त व्यवस्थाबमोजिम राष्ट्र बैंकले शुक्रवार सर्कुलर जारी गर्दै शेयर धितोकर्जाको जोखिम भार प्रष्ट पारेको छ । अब ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार लागू हुने राष्ट्र बैंकको भनाइ छ । यसअघि २५ लाख रुपैयाँभन्दा बढीको शेयर धितोकर्जामा १५० प्रतिशत जोखिम भार थियो । ५० लाख रुपैयाँसम्मको शेयर धितोकर्जामा भने शत प्रतिशत जोखिम भार कायम गरिएको छ । यसअघि २५ लाख रुपैयाँसम्मको शेयर धितोकर्जामा शत प्रतिशत जोखिम भारको व्यवस्था थियो । यो साता घटेको बजारमा कारोबार रकम भने बढेको छ । गत साता १४ अर्ब ८८ करोड ६५ लाख रुपैयाँभन्दा बढीको ४ करोड ५ लाख ९३ हजार धितोपत्र कारोबार भएकोमा यो साता १६ अर्ब ८८ करोड १८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ४३ लाख ६९ हजारभन्दा बढी धितोपत्र कारोबार भएको छ । गत साताको तुलनामा यो साता १ अर्ब ९९ करोड ५२ लाख रुपैयाँभन्दा बढीको १ करोड ३७ लाख ७६ हजार कित्ता बढी धितोपत्र कारोबार भएको हो ।  औसतमा समेत कारोबार रकम ३९ करोड ९० लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । औसत कारोबार कित्ता पनि २७ लाख ५५ हजारभन्दा बढी भएको छ । गत साता औसतमा ३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको १ करोड ८ लाख ७३ हजार धितोपत्र कारोबार भएको हो । स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्य समूहको मात्र परिसूचक बढ्यो  यो साताको कारोबारमा अन्य समूहवाहेक सबै समूहगत परिसूचकहरू घटेका छन् । यो साता अन्य समूहको परिसूचक १ दशमलव १ प्रतिशत बढेको हो । वित्त समूहका लगानीकर्ताले भने यो साता सर्वाधिक गुमाएको परिसूचक घटेको आधारमा अनुमान लगाउन सकिन्छ । वित्त समूहको परिसूचक ४ दशमलव १९ प्रतिशत घटेको हो । त्यस्तै जीवन बीमा समूहको परिसूचक ३ दशमलव ६७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ३४ प्रतिशत, लघुवित्तको २ दशमलव ९२ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ७० प्रतिशत, विकास बैंकको २ दशमलव ६१ प्रतिशत, व्यापारिकको २ दशमलव ५५ प्रतिशत, जलविद्युतको १ दशमलव ९३ प्रतिशत, लगानीको १ दशमलव ३७ प्रतिशत, बैंकिङको १ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३४ प्रतिशत र होटल तथा पर्यटनको शून्य दशमलव २८ प्रतिशत परिसूचक घटेको छ । स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से)

२ हजार विन्दुमाथि उक्लियो धितोपत्र दोस्रो बजार, सातामा करीब १९ अर्बको कारोबार

काठमाडौं । नेपालको धितोपत्र दोस्रो बजार पछिल्लो कारोबार दिन २ हजार विन्दुमाथि उक्लिएको छ । गत माघ २६ गते २००२ दशमलव ७० विन्दुमा बन्द भएको बजार त्यसपछि गत साताको कारोबारमा बजार २ हजार विन्दुभन्दा माथि उक्लिएको हो । पछिल्लो समय आठ कारोबार दिन बजार निरन्तर बढेको छ । अघिल्लो साताको कारोबार दिनदेखि उकालो लागेको नेप्से गत साताको पाँच कारोबार दिननै निरन्तर बढेको हो । अघिल्लो साताको अन्तिम काराबोर दिन १ हजार ९३९ दशमलव ६१ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिनभने २ हजार ४२ दशमलव शून्य ७ विन्दुमा बन्द भएको छ । पहिलो कारोबार दिन ४० दशमलव ४८ अंक बढेको बजार दोस्रो दिन ६ दशमलव ३८, तेस्रो दिन ३४ दशमलव १७ , चौथो दिन १६ दशमलव ४२ र पाँचौ दिन ५ अंकले बढेको हो । धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक अघिल्लो साताको तुलनामा गत साता १०२ दशमलव ४० अंक बढेको हो । नेप्से परिसूचकसँगै गत साता ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १८ दशमलव ९७ अंक माथि उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ३६४ दशमलव ४२ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स गत साताको अन्तिम कारोबार दिन ३८३ दशमलव ३९ विन्दुमा पुगेको हो ।  गत साताको कारोबारमा बजार मापक सम्पूर्ण सूचकहरू बढेका हुन । अघिल्लो साता रू. १०  अर्ब २८ करोड ५५ लाखभन्दा बढीको २ करोड ८२ लाख २२ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएको बजारमा गत साता रू. १८ अर्ब ६४ करोड ८१ लाखभन्दा बढीको ४ करोड ८२ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएको हो । अघिल्लो साताभन्दा गत साता रू. ८ अर्ब ३६ करोड २६ लाखभन्दा बढीको २ करोड १८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । औसतमा गत साता रू. ३ अर्ब ७२ करोडभन्दा बढीको ९६ लाख ४८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । औसत कारोबार रकम रू. १ अर्ब ६७ करोडभन्दा बढीले बृद्धि भएको हो भने कारोबार कित्ता औसतमा ४ लाख ३ हजारभन्दा बढी भएको हो । सूचनामा आधारित नेपालको धितोपत्र बजार पछिल्लो समय बजारसँग सम्बन्धित सकारात्मक समाचारकै कारण सकारात्मक गतिमा अघि बढेको देखिन्छ । बजारमा थप ब्रोकर कम्पनीहरू भित्रिने तयारी हुनु , बजारमा थपिने ब्रोकरमध्ये बजारलाई सन्तुलनमा राख्न सहयोग पु¥याउने स्टक डिलर समेत रहनु , धितोपत्रका औजारहरू थपिने तयारी हुनु , लगानी बढाउन गैरआवसिय नेपालीको प्रवेशलाई प्राथमिकता दिनु लगाएतका कुराबाट पनि लगानीकर्ता सकारात्मक बनेको देखिन्छ । साथै निरन्तरको बजार घटाईले राम्रा कम्पनीको शेयरमूल्य पनि न्यून हुनुलाई लगानीकर्ताले अवसरको रुपमा लिएको पनि अनुमान लगाउन सकिन्छ । बजार बढ्दा गत साता लगानीकर्ताको सम्पत्ति मूल्य पनि रू. १ खर्ब ५१ अर्बभन्दा बढीले बृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. २८ खर्ब ३४ अर्ब ३६ करोडभन्दा बढी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन रू. २९ खर्ब ८६ अर्ब १९ करोडभन्दा बढी कायम भएको हो । गत साता होटल तथा पर्यटन समूहले सर्वाधिक कमाए  गत साता होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । समूहगत परिसूचकमा देखिएको बृद्धिका आधारमा होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिएको हो । अघिल्लो साताको तुलनामा गत साता होटल तथा पर्यटन समूहको परिसूचक १५ दशमलव ५७ अंक बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको ११ दशमलव शून्य ९ प्रतिशत, जीवन बीमाको ९ दशमलव ४९ प्रतिशत, लघुवित्तको ६ दशमलव ६६ प्रतिशत, लगानीको ६ दशमलव ३० प्रतिशत, अन्यको ६ दशमलव २४ प्रतिशत, वित्तको ५ प्रतिशत, निर्जीवन बीमाको ४ दशमलव ५० प्रतिशत, विकास बैंकको ४ दशमलव ४१ प्रतिशत, जलविद्युतको ४ दशमलव शून्य ६ प्रतिशत, व्यापारिकको ३ दशमलव ६० प्रतिशत, बैंकिङको २ दशमलव ७४ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ७३ प्रतिशत परिसूचक बढेको हो ।

सातामा ६९.३७ अंक घट्यो नेप्से परिसूचक, कारोबार रकम भने ७४ करोडले बढ्यो

चैत १९, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा रू. १३ अर्ब ४२ करोडभन्दा बढीको कारोबार भएको छ । उक्त रकम बराबरको २ करोड ६० लाख ६१ हजार ६१५ कित्ता धितोपत्र यो साता खरीदविक्री भएको हो । यो साता गत साताको तुलनामा रू. ७४ करोड ४२ लाखभन्दा बढीको १९ लाख ७० हजार ८५३ कित्ता बढी धितोपत्र कारोबार भएको हो । गत साता रू. १२ अर्ब ६८ करोडभन्दा बढीको २ करोड ४० लाख ९० हजार ७६२ कित्ता धितोपत्र कारोबार भएको थियो ।  कारोबार रकम बढेको यो साता नेप्से परिसूचक भने ६९ दशमलव ३७ अंकले घटेको छ । यो साता पाँच कारोबार दिनमा एक दिन मात्र बजार बढेको छ । साताको पहिलो कारोबार दिन ४१ दशमलव ४१ अंक, दोस्रो दिन ३० दशमलव ४३ अंक र तेस्रो दिन १४ दशमलव २६ अंकले घटेको बजार चौथो दिन भने ४० दशमलव ६८ अंकले बढेको थियो । पाँचौ दिन भने फेरी बजार २३ दशमलव ९५ अंकले घटेर बन्द भएको छ । गत साता २ हजार ६१३ दशमलव ६७ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २ हजार ५४४ दशमलव ३० विन्दुमा झरेको हो । यसै साता बीमा कम्पनीहरुको पूँजी वृद्धिको चर्चा चलेपनि यसले लगानीकर्ताहरुको मनोबल भने बढाउन सकेन । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजीको अभाव रहि रहेको अवस्थामा बजार सकारात्मक बन्न कठिन हुने जानकारहरु बताउँछन् । स्थानीयतहको निर्वाचनको खर्च वित्तीय प्रणालीमार्फत भए यसबाट धितोपत्र दोस्रो बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास लगानीकर्ताहरुको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव ४७ अंक तल झरेको छ । गत साता ४८८ दशमलव ९४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४७५ दशमलव ४७ विन्दुमा झरेको हो । साताको कारोबारमा लगानीकर्ताहरुको सम्पत्तिको मूल्य कुल बजार पूँजीकरण रू. ९३ अर्ब ३२ करोड ५३ लाखले घटेको छ । गत साता रू. ३७  खर्ब ५ अर्ब ५९ करोड ८८ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३६ खर्ब १२ अर्ब २७ करोड ३४ लाखमा झरेको हो ।   यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाए  : यो साता सर्वाधिक गुमाउँनेमा वित्त समूहका लगानीकर्ता रहेका छन् । गत साताको तुलनामा यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरु घट्दा वित्त समूहको सर्वाधिक ५ दशमलव ४९ प्रतिशतले घटेको छ । त्यस्तै यो साता वाणिज्य समूहको २ दशमलव २३ प्रतिशत, विकास बैंक समूहको ४ दशमलव ४४ प्रतिशत, होटल्स तथा पर्यटन समूहको १ दशमलव ७७ प्रतिशत, जलविद्युत् समूहको ३ दशमलव २१ प्रतिशत, लगानी समूहको शून्य दशमलव ८९ प्रतिशतले परिसूचक घटेको छ ।  त्यस्तै जीवन बीमा समूहको ४ दशमलव २० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव शून्य ५ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ७६ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ८९ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ३५ प्रतिशत, अन्य समूहको ४ दशमलव ४८ प्रतिशत र ब्यापारिक समूहको ३ दशमलव ५५ प्रतिशतले परिसूचक घटेको छ ।

यो साता करीब २५ अर्बले घट्यो कुल बजार पूँजीकरण, कारोबार रकम भने ५३ करोडले बढ्यो

चैत १२, काठमाडौं । यो साता नेप्से परिसूचक गत साताको तुलनामा १७ दशमलव ५८ अंकले घटेको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ६३१ दशमलव २५ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६१३ दशमलव ६७ विन्दुमा बन्द भएको हो ।  बजार घटेसँगै कम्पनीहरुको शेयरमूल्यमा कमि आउँदा कुल बजारपूँजीकरण पनि गत साताको तुलनामा रू. २४ अर्ब ९२ करोड ३१ लाखले घटेको छ । गत साता रू. ३७ खर्ब ३० अर्ब ५२ करोड १९ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३७ खर्ब ५ अर्ब ५९ करोड ८८ लाखमा झरेको हो । नेप्से परिसूचकसँगै यो साता ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ४५ अंकले घटेको छ । गत साता ४९७ दशमलव ३९ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४८८ दशमलव ९४ विन्दुमा झरेको हो । गत साता चार दिनमात्र बजार खुला भएको थियो भने यो साता पाँच दिननै कारोबार भएको छ । पाँच दिनको कारोबारमा यो साता तीन दिन बजार घटेको छ भने दुई दिन बजार बढेको छ । साताको पहिलो कारोबार दिन १४ दशमलव ६७ अंकले घटेको बजार दोस्रो दिन १८ दशमलव शून्य ७ अंकले बढेको थियो । तेस्रो दिन १६ दशमलव शून्य ४ अंकले बढेको बजार चौथो दिन २० दशमलव ३४ अंक र पाँचौ दिन १६ दशमलव ६९ अंकले घटेको हो । नेप्से परिसूचक घटेपनि यो साता कारोबार रकम र कित्ता भने गत साताको तुलनामा बढेको छ । गत साता रू. १२ अर्ब १४ करोड ७५ लाख ७८ हजार बराबरको २ करोड २८ लाख ६८ हजार ३९७ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. १२ अर्ब ६८ करोड १५ लाख ३४ हजार बराबरको २ करोड ४० लाख ९० हजार ७६२ कित्ता शेयर कारोबार भएको हो । गत साताको भन्दा एक दिन बढी कारोबार भएकाले पनि यो साता रू. ५३ करोड ३९ लाखभन्दा बढीको १२ लाख २२ हजार ३६५ कित्ता बढी शेयर कारोबार भएको हो ।  यो साता जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाए  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक १७ दशमलव ५८ अंकले घटेपनि जीवन बीमा समूहका लगानीकर्ताहरुले भने सर्वाधिक कमाएका छन् । गत साताको तुलनामा यो साता जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ३८ प्रतिशत बढेको हो ।    यो साता जीवन बीमा समूहसँगै निर्जीवन बीमा समूहको शून्य दशमलव ८६ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८३ प्रतिशत, लघुवित्तको शून्य दशमलव २६ प्रतिशत र लगानीको शून्य दशमलव ३९ प्रतिशत परिसूचक बढेको छ ।   यो साता अन्य समूहको परिसूचक भने सर्वाधिक ४ दशमलव ५९ प्रतिशतट घटेको छ । अन्य समूहसँगै यो साता होटल्स तथा पर्यटन समूहको ३ दशमलव ७१ प्रतिशत, वित्त समूहको २ दशमलव ५२ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३० प्रतिशत, व्यापारिक समूहको १ दशमलव ३७ प्रतिशतले घटेको छ ।    त्यस्तै बैंकिङ समूहको १ दशमलव शून्य २ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ३५ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक घटेको छ । केहि समयदेखि बीमा समूह अन्तर्गतका कम्पनीहरुको शेयरमूल्य सकारात्मक प्रभाव परिरहेको थियो । बिहीवार बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेको छ । जीवन बीमा कम्पनीहरुका लागि रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुका लागि रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्ने व्यवस्था समितिले गरेको हो । यसअघिको व्यवस्थामा जीवन बीमा कम्पनीहरुको रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको रू. १ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्थाले बीमा कम्पनीहरुले पूँजी वृद्धिका लागि बोनस शेयर र हकप्रद शेयरको सहारा लिने अवस्था देखिन्छ ।  साताको बजारका सूचकहरुको अवस्था : साता व्यापी समूहगत परिसूचकमा भएको थपघट : स्रोत : नेपाल स्टक  एक्सचेञ्ज(नेप्से)