अमेरिकामा ४० वर्ष यताकै उच्च महँगी, फेरि बढाइयो ब्याजदर

बढ्दो मूल्यलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि गर्ने घोषणा गरेको छ । बैंकले लगातार दोस्रो पटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको हो ।संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने दरलाई २ दशमलव २५ प्रतिशतबाट २ दशमलव ५ प्रतिशतमा पुर्‍याइएको बताइएको छ । बैंकले अर्थतन्त्रमा मागको स्तर र मूल्य घटाउन मार्चदेखि ऋणको लागत बढाउँदै आएको छ । तर यो कदमले अमेरिकालाई मन्दीतर्फ लैजान्छ कि भन्ने डर बढ्दै गएको छ ।धे

सम्बन्धित सामग्री

उपनिर्वाचनका लागि तयारी बढाइयो

काठमाडौं, फागुन ५ ।  निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्न तयारी अघि बढाएको छ । आयोगले उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचनका लागि तयारी अघि बढाएको हो । आयोगले निर्वाचन तालिकाअगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित निर्वाचन कार्यालयलाई परिपत्र पठाएको थियो । आयोगका अनुसार अहिले जिल्लाको निर्वाचन कार्यालयले […]

राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तयारी बढाइयो

काठमाडौं, माघ ३। निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तयारी अघि बढाइएको छ । आयोगले उपनिर्वाचनको कार्यतालिका प्रकाशित गरेसँगै सोही अनुरूप तयारी अघि बढाएको हो । रिक्त राष्ट्रिय सभा सदस्य पद पूर्तिका लागि सो निर्वाचन गर्न लागिएको हो । लुम्बिनी प्रदेशको अन्यतर्फ एक पद हाल रिक्त रहेको छ । तत्कालिन […]

निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइयो

काठमाडौं, कात्तिक २१ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो । गृह मन्त्रालयले निर्वाचन सुरक्षामा कुनै असर पर्ने गरी गतिविधि भए त्यस्ता समूहलाई तत्काल […]

आइओसीबाट नयाँ मूल्य नआउँदै निगमले फेरि बढायो पेट्रोलियमको मूल्य

डिजेल र मट्टीतेलमा १२ र पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ बढाइयो पेट्रोलियमको मूल्यमा सरकारले जनता झुक्याउने काम गरेको छ । गत १९ जेठमा डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार करबराबरको रकम इन्धनको मूल्यमा...

अन्तःशुल्क र भन्सारमा व्यापक परिवर्तन, कुन वस्तुमा कति कर ?

दलहन, सुपारी, केचप, ससदेखि कार्पेट, टाइल र सौन्दर्य प्रसाधनका सामग्रीसमेतमा कर बढाइयो   पेट्रोल तथा डिजेलका सवारीसाधन मात्रै होइन, एक सय किलोवाट मोटर क्षमताभन्दा बढीका विद्युतीय सवारीसाधनमा पनि भन्सार र अन्तःशुल्क वृद्धि अर्थमन्त्री...

हप्तामा दुई दिन बिदासँगै कार्यालय समय बढाइयो

काठमाडौं, १४ बैशाख । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय पनि बढाएको छ । जेठ १ गतेदेखि लागु हुनेगरी कार्यालयहरु ९ः३० देखि साझ ५ः३० सम्म सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ […]

फेरि बढाइयो कांग्रेसमा मतदानको समय

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको मतदानको समय थप गरिएको छ । सोमबार मध्याह्न १२ बजेबाट सुरु भएको मतदान राति ९ बजेसम्मका लागि तय भएको भए पनि तोकिएको समयमा मतदान नसकिने भएपछि समय बढाइएको छ । कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार ९ बजेसम्मलाई निर्धारण गरिएको मतदानको सयम १० बजेसम्मलाई बढाइएको छ । The post फेरि बढाइयो कांग्रेसमा मतदानको समय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भारतमा भेटियो ‘ओमिक्रोन’ भेरियन्ट

डब्लुएचओका अनुसार ३० देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ, नेपालमा स्वास्थ्य सतर्कता बढाइयो भारतमा दुईजनामा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । कर्नाटक राज्यमा बिहीबार दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य...

बालकोटस्थित ओली निवासमा सुरक्षा बढाइयो

काठमाडौं, २९ असार । दुई तिहाई हुँदै बर्हिगमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको ४१ महिनापछि सत्ताबाट बर्हिगमन हुँदैछ । आज दिउँसो उनले २ बजे सम्बोधन गरेर बालुवाटार छाड्नेछन् । ओली बालकोटस्थित आफ्नै निवासमा सर्दैछन् । ओली सर्ने भएपछि बालकोट निवासमा सुरक्षाकर्मी थपिएको छ । साथै, आसपासमा समेत सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

संसद विघटन मुद्दामा फैसला आउने भएपछि सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटन मुद्दाको सर्वोच्च अदालतले आज फैसला सुनाउने तयारी गरेपछि सुरक्षा घेरा पनि बलियो बनाइएको छ । सर्वोच्च अदालत परिसर र वरपरको क्षेत्रमा सुरक्षाकर्मीको बलियो उपस्थिति छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुलाई त्यस क्षेत्रमा खटाइएको हो । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी […]