बाढी पहिरोमा परेर दार्चुलामा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते र दुई जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर दार्चुला पुग्दै छ ।
आइतबार राति आएको बाढीमा परि दुहु गाउँपालिका–१ बासपालिका नरसिंह महर, उनकी श्रीमति कौशा महर र दुहु गाउँपालिका–५, दुल्लामका मनुवा डडालको मृत्यु भएको छ ।
कालागाड खोलामा राति १०ः बजे बजे आएको बाढीले घरसहित बगाउँदा डडालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा परि दुहँ गाउँपालिकाकै जनकराम पार्की र उजेलीदेवी डडाल गम्भीर घाइते भएका छन् भने निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएका छन् ।