एजेन्सी।भारतीय टोलीका कप्तान विराट कोहलीले भारतीय महिला क्रिकेट टोलीकी पूर्व सदस्य के एस एसश्रावन्ती नायडुकी आमाको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। कोरोनाका कारण अस्पतालमा भर्ना भएकी नायडुकी आमाको उपचारका लागि आर्थिक अभाव भएपछि कोहलीले ६ लाख ७७ हजार भारु सहयोग गरेका हुन्। नायडुले आफ्नी आमा उपचारको लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र हैदराबाद क्रिकेट एसोसिएशनसँग पनि सहयोग मागेकी थिईन्।