न्यायालयप्रति जनआस्था बढाउन छिटो, छरितो न्याय सम्पादन हुनुपर्छः कानुन व्यवसायी

काठमाडौँ – कानुन व्यवसायीले न्यायालयप्रतिको जनआस्था बढाउनका लागि छिटो, छरितो न्याय सम्पादनको काम हुनुपर्ने बताएका छन्। न्यायालयप्रति जनविश्वास बढाउनका लागि राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन्। शनिवार नेपाल बार एशोसिएशनको ६८ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा भेला भएका कानुन व्यवसायीले न्याय पाउने कुरा खर्चिलो हुन नहुने आवश्यक्ता पनि औंल्याएका […]

सम्बन्धित सामग्री

न्यायाधीश पहिलो अनुसन्धानकर्ता

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले जुनसुकै मुद्दाको पनि न्यायाधीश पहिलो अनुसन्धानकर्ता भएको बताउनुभएको छ । चितवन जिल्ला अदालत बार एसोसिएसनले स्वर्ण महोत्सवका अवसरमा शुक्रबार आयोजना गरेको ‘न्याय सम्पादन प्रक्रियामा अनुसन्धानकर्ता, अभियोजनकर्ता, प्रतिरक्षा कानुन व्यवसायी र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अनुसन्धानकर्ताबाट त्रुटि भए सबै प्रक्रियामा नै त्रुटि हुने बताउनुभयो ।

न्याय सुनिश्चित गर्न सकारात्मक सोच आवश्यक

प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतलाई सबै किसिमका दबाब, पूर्वाग्रह र विकृतिबाट मुक्त राख्दै स्वतन्त्र रूपमा न्याय सम्पादन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने बताउनुभएको छ। मुलुकमा ऐन, नियमको सङ्ख्या पर्याप्त भएर मात्र जनताले न्याय पाउने कुरा सुनिश्चित हुन सक्दैन भन्नुहुँदै उहाँले जनताले न्याय पाउन न्यायाधीश, वकिल, कानुन व्यवसायी सबैमा सकारात्मक सोच र उच्च नैतिकता हुनु आवश्यक रहेको बताउनुभयो।

प्रधानन्यायाधीश जबराकाे दाबी– दबाव र प्रभावमा परेर फैसला गरेको छैन

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायलयमा बसेर न्याय सम्पादन गर्दा आफूले कुनै पनि दबाब र प्रभावमा परेर फैसला नगरेकोे बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्को २८औँ परिषद् दिवस तथा नेपाल बार काउन्सिल 'ल जर्नल' लोकार्पण समारोहमा बुधबार उनले इजलास गठन गर्दा वा फैसलामा बेलाबेला प्रश्न उठ्ने गरेको भए...