निःशुल्क अध्ययन केन्द्रमा पढ्दै दलित बालबालिका

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ पोर्ताहास्थित मुसहर बस्तीमा जीवन विकास लघुवित्तले सञ्चालन गरेको निःशुल्क अध्ययन केन्द्रमा बेलुकाको समय निःशुल्क होम ट्युसन पढ्न पाएपछि उत्साहित छन् ।

सम्बन्धित सामग्री

कबाडी टिप्दै बालबालिका

लहानको मुख्य चोकमा बिहान दर्जनौँको सङ्ख्यामा विपन्न दलित बालबालिका कबाडी र फोहोर सङ्कलन गरिरहेका हुन्छन्। सडकमा फलिएका खाली पानी खाने बोटल, जुसका डिब्बाहरू सङ्कलन गरी कबाडी केन्द्रमा बिक्री गरी दिनहुँ दुई/चार सय कमाइ गरी आमाबुवालाई दिने गरेको कबाडी सङ्कलन गर्ने बालबालिकाले बताए।

बैतडीकै पुरानो विद्यालयमा नयाँ संरचना निर्माण

बैतडी । बैतडीकै पुरानो विद्यालय दशरथ प्राथमिक विद्यालयमा नयाँ भवन निर्माण गरिएको छ । नयाँ भवन निर्माणपछि सयौं वर्ष पुराना उक्त विद्यालयको मुहार नै फेरिएको छ । विद्यालयको भौतिक संरचना सुधारमा यसअघि सम्बद्ध निकायको ध्यान पुगेको थिएन । देश संघीयतामा गइसकेपछि पनि विद्यालयको जीर्ण भौतिक संरचना फेरिएको थिएन । स्थानीय सरकारले पनि विद्यालयको कमजोर भौतिक संरचना, अन्य प्राविधिक सुधारमा चासो नदिएपछि प्रदेश सरकारलाई गुहार गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुराम भुलले बताए । अध्यक्ष भुलले भने, ‘मैले यसअघि साविक जिल्ला विकास समितिदेखि सम्बन्धित सबैजसो निकायमा विद्यालयको भौतिक संरचना सुधारका लागि आग्रह गरेँ, कतैबाट सहयोग भएन । बल्ल गत आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले सहयोग गरेको हो ।’ गत आर्थिक वर्षमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दुईकोठे भवनका लागि २८ लाख बजेट विनियोजन गरेको थियो । जीर्ण विद्यालयको भवन पूरै भत्काएर नयाँ निर्माण गर्नुपर्ने थियो । बजेट दुईकोठे भवनका लागि आए पनि विद्यालय व्यवस्थापन समितिले सोही बजेटमा तीनकोठा निर्माण गरेर सञ्चालनमा ल्याएको हो । सदरमुकाम केन्द्रमा रहेको यो पुरानो विद्यालयमा अहिले दलित र जनजाति समुदायका बालबालिका मात्र अध्ययन गर्दछन्, जसमध्ये ९९ प्रतिशत दलित बालबालिका रहेको विद्यालयका प्रधानाध्यापक शरद्सिंह ठगुन्नाले बताए । उक्त विद्यालय १९७६ सालमा स्थापना गरिएको विद्यालयको तथ्यांकमा उल्लेख छ ।

फेरियो सयौँ वर्ष पुरानो विद्यालयको मुहार

साउन २९, बैतडी । बैतडी जिल्लाकै सबैभन्दा पुरानो विद्यालय दसरथ प्राथमिक विद्यालयको जिर्ण भवनलाई हटाएर नयाँ भवन निर्माण गरिएको छ । नयाँ भवन निर्माण गरेपछि सयौँ वर्ष पुरानो विद्यालयको मुहारनै फेरिएको छ । विद्यालयको भौतिक संरचना सुधार गर्नमा सयौँ वर्ष हुँदा पनि कसैको ध्यान जान सकेको थिएन । सम्बन्धित निकायले देख्ने ठाउँ बैतडी समदरमुकाम गढिको यो विद्यालय सुधारमा कसैले चासो देखाएको थिएनन् ।  सयौँ वर्ष पुग्दासम्म पनि साविकको जिल्ला विकास र शिक्षा कार्यालयको ध्यान पुगेको थिएन । देश संघियतामा गइसकेपछि पनि सयौँ वर्ष पुरानो यस विद्यालयको जिर्ण रहेको  विद्यालयको भौतिक संरचनाको अवस्था जस्ताको त्यस्तै रहेको थियो । स्थानीय सरकारको पनि भौतिक संरचना लगायत अन्य प्रविधिक सुधारमा ध्यान नपुगेपछि प्रदेश सरकारलाई गुहार गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु राम भुलले बताए ।  अध्यक्ष भुलले भने ‘मैले साविकको जिल्ला विकासदेखि लिएर सबै नेताहरुलाई आग्रह गरे कसैले सहयोग गरेन बल्ल गत आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले सहयोग गरेको हो’ । गत आर्थिक वर्षमा प्रदेश सरकाको समाजिक विकास मन्त्रालयले दुईकोठे भवनको लागि २८ लाख बजेट विनियोजन गरेको थियो ।  सयौँ वर्ष पहिले निर्माण गरेको विद्यालय पुरै भत्काएर नयाँ निर्माण गर्नुपर्ने थियो । बजेटमा दुई कोठे भएपनि विद्यालय व्यवस्थापन समितिले सोहि बजेटमा तीन कोठा निर्माण गरि विद्यालयको मुहारनै फेरिदिएको छ ।  सदरमुकाम केन्द्रमा रहेको यो पुरानो विद्यालयमा अहिले सबै दलित र जनजातीबालबालिका मात्र अध्ययनरत छन् । जसमा १९ प्रतिशत दलित बालबालिका रहेको विद्यालयका प्रधानाध्यापक सरद सिह ठगुन्नाले बताए ।  विद्यालयको भौतिक संरचना जिर्ण भएपनि शिक्षकहरुको पर्याप्त व्यवस्था रहेको छ । घर नजिक भनेर शिक्षक शिक्षिकाले काज समेत यसै विद्यालयमा मिलाएका छन् । अहिले विद्यालयमा दुई दरवन्दी चार काजका शिक्षक शिक्षिका र दुई बालविकासका शिक्षिका गरी आठ जना शिक्षक शिक्षिका रहेका छन् ।