मकवानपुर - वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ ।
पछिल्लो पटक बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्रका विभिन्न ठाउँमा तीन वटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको हो ।
वाग्मती प्रदेशका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले थाइल्यान्डकाे एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।
मल कारखाना खोल्ने विषयमा थाइल्यान्डकाे कम्पनीसँग छलफल पनि भइरहेको उहाँले जानकारी दिनुभयो...