रसुवा । जिल्लाको स्याफ्रुवेशी स्वास्थ्यचौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरू गरिएको छ । गोसाईंकुण्ड गाउँपालिका–५ मा रहेको उक्त स्वास्थ्यचौकीमा १० हप्तासम्म सुरक्षित गर्भपतन सेवा शुरू गरिएको हो । हिजो (बुधबार) गोसाईंकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङले उक्त सेवाको उदघाटन गर्नुभएको थियो । गर्भपतन सेवाका लागि आवश्यक पर्ने औषधि, उपकरण, सूचीकृत प्रमाणपत्र स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष दावा […]