‘सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्य सञ्चालन निर्देशिका’ ल्याइँदै

सुदूरपश्चिम प्रदेश सरकारले ‘सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्य सञ्चालन निर्देशिका’ ल्याउने तयारी गरेको छ । प्रदेशमा सुरक्षित गर्भपतन सेवाको विकास तथा विस्तार एवम् सेवा सञ्चालन गर्ने कार्यलाई व्यवस्थित र सरल बनाउनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक रणनैतिक मार्गदर्शन प्रदान गर्नका साथै स्वास्थ्य संस्थाहरुमा निःशुल्क सुरक्षित गर्भपतन सेवाको व्यवस्थापन तथा सुनिश्चिता गर्ने उद्देश्यसहित सो निर्देशिका ल्याउने तयारी गरेको हो ।प्रदेशको सामाजिक विकास मन्त्रालयले सो निर्देशिका मस्यौदा तया

सम्बन्धित सामग्री

स्थानीय तहमा छैन सुरक्षित गर्भपतन सेवा

सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्न चाहने संस्थालाई स्थानीय तहले नै अनुमति दिनसक्ने कानुनी व्यवस्था भएपनि सबै तहमा अझै यस्तो सुविधा उपलब्ध हुन सकेको छैन। सहरी क्षेत्रका स्थानीय तहमा समेत यस्तो सुविधा सहज रुपमा उपलब्ध हुन सकेको छैन। पर्याप्त जनशक्तिको अभावमा यस्तो अवस्था आएको हो। सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ ले दुई सय शैय्या माथिका जनरल अस्पताल, ५० शैय्या माथिका आयुर्वेद अस्पताल, विशेषज्ञ तथा विशिष्टकृत अस्पताल लगायत १५ प्रकारको सेवा दिनसक्ने संस्थालाई स्वास्थ्य मन्त्रालय वा मन्त्रालयले तोकेको निकायले इजाजत दिन सक्ने व्यवस्था गरेको छ।

डाेटीमा दुई हजार दुई सयले लिए सुरक्षित गर्भपतन सेवा

डोटी – डाेटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएपछि सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रुपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् ।  अन्तर्राष्ट्रिय दातृ निकाय ‘आइपास’को आर्थिक सहयोग तथा जिल्लामा कार्यरत संस्था सामुदायिक विकास मञ्चद्वारा यहाँका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएपछि सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो ।  नचाहेको अवस्थामा गर्भ रहे वा अन्...

डोटीमा एघार महिनामा एक हजारले गरे गर्भपतन

जिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ ।कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको पाइएको छ । जिल्लामा जम्मा १६ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा दिने गरिएकामा अहिले १४ मा मात्रै उक्त सेवा रहेकोे स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले जानकारी

डोटीमा एघार महिनामा एक हजारभन्दा बढीले गरे गर्भपतन

काठमाडौं। डोटी जिल्लामा एघार महिनाको अवधिमा एक हजार सात जनाले गर्भपतन गराएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा उनीहरूले सुरक्षित गर्भपतन गराएका हुन्। जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको कार्यालयको तथ्याङ्कले देखाउँछ। जिल्लामा अहिले १४ वटा संस्थाले सुरक्षित गर्भपतन सेवा दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले बताए।

निषेधाज्ञामा पनि रोकिएन सुरक्षित गर्भपतन सेवा

– उमा केसी रोल्पा, ६ जेठ : कोरोनाका कारण भएको निषेधाज्ञा अवधिमा पनि यहाँ सुरक्षति गर्भपतन सेवा सञ्चालन भएको छ । यस्तो अवस्थामा सेवाग्राही सूचीकृत स्वास्थ्य संस्थामा आउने क्रमसँगै यो सेवा सञ्चालन भएको हो । जिल्लाका मुख्य तीन क्षेत्र लिवाङ, सुलीचौर र घर्तीगाउँबाट लिइएको तथ्याङ्कअनुसार निषेधाज्ञा अवधिमा पनि यो सेवाले निरन्तरता पाएकोे छ । जिल्ला […]