सुदूरपश्चिमका नौमध्ये सात जिल्लामा कांग्रेस क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रक्रिया सोमबारदेखि सुरु भएको छ । बझाङ र बाजुरामा दसैंअघि नै निर्वाचन सम्पन्न भइसकेको हो । सोमबारदेखि सुरु निर्वाचनमा कैलाली, कञ्चनपुर र अछामबाहेक एकमात्र निर्वाचन क्षेत्र भएका अन्य ५ जिल्लामा जिल्ला अधिवेशन पनि भइरहेको हो ।