डडेल्धुराका पहिरो पीडितलाई अस्थायी स्थानान्तरण

डडेल्धुरा – आलिताल गाउँपालिका–७ का पहिरो पीडितलाई अस्थायी स्थानान्तरण गरिएको छ । गत वर्षको असोज/कात्तिकमा भएको अविरल वर्षाका कारण आलिताल–७ का करिब एक सय १९ घरपरिवार विस्थापित भएका छन् । आलिताल–७ बलौचा, ओवा, ऐरानी, धुपखेडा र खिन्नेभाडी गाउँमाथिबाट नै पहिरो जाँदा करिब ७२ परिवार विस्थापित भएका थिए । अहिले पनि जमिन भासिने र पहिरो खस्ने […]

सम्बन्धित सामग्री

पहिरो प्रभावित ६४ परिवारलाई गाउँपालिकाले अस्थायी संरचना बनाइदिने

असार पहिलो साता गएको पहिरोको जोखिममा रहेका ६४ परिवारलाई मैवाखोला गाउँपालिकाले स्थानान्तरण गर्ने भएको छ । पहिरोको जोखिममा रहेका ओदकका परिवारले स्थानान्तरणका लागि निवेदन दिएपछि गाउँपालिकाले साउन ७ गते आइतबारदेखि अस्थायी संरचना निर्माणको काम सुरु गर्ने भएको हो ।

पहिरो पीडितका लागि सशस्त्रले बनायो अस्थायी आवास

मिला दरै, तनहुँ । केही दिन लगातार परेको वर्षा रोकिएपछि ठाउँ ठाउँमा सुख्खा पहिरोले भानु नगरपालिका–११ राम्चेवासी जोखिममा परेका छन् । गत बुधबार सुख्खा पहिरो खसेपछि राम्चेबासीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा राख्न सशस्त्र प्रहरीले अस्थायी वासस्थान निर्माण गरेको छ । सुख्खा पहिरोबाट विस्थापित परिवारका लागि सशस्त्र प्रहरीले अस्थायी बासस्थान निर्माण गरेको हो । भानु नगरपालिका–२ […]

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

साउन २०, काभ्रेपलाञ्चोक । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।  गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मंगलवार जारी अपिलमा भनिएको छ ।  बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ ।  ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए । साथै कुपनको व्यवस्था गरी एक महीनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उनले बताए ।  पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्यांकन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ । हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुंगा, सात ओटा मेसिन लगातार एक महीनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवम् परिचालन गरिएको नगरपालिकाले जानकारी दिएको छ । यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको अर्यालले बताए । बाढी प्रभावितहरुको सम्पूर्ण विवरण संकलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरुको वर्ग छुट्याएर रू. २५ हजार, रू.  २० हजार, रू.  १५ हजार र रू. १० हजारका दरले तत्कालका लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य शुरु भइसकेको जानकारी दिएको छ ।  अस्थायी आवास निर्माणका लागि नेपाल सरकारबाट प्राप्त हुने रू. ५० हजार सम्झौता गरी प्रभावितहरुलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निर्माणका लागि प्राप्त हुने रू. पाँच लाख र बसोबासयोग्य जग्गा नहुनेका लागि थप रू.  तीन लाख समेत प्राप्त हुने सुनिश्चित भइसकेको बताए । प्रदेश सरकार, केन्द्र सरकार र सरोकारवाला निकायसँगको समन्वय र नगरपालिकाको आन्तरिक स्रोतको अधिकतम उपयोग गर्दै नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिरहेको र गरिरहने प्रतिबद्धतासमेत नगर प्रमुख अर्यालद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ ।  प्रभावितको राहत तथा उद्धारका लागि नगरपालिका व्यक्ति, संघसंस्था, समूहसँग जतिबेला पनि छलफलका लागि तयार रहेको उल्लेख गरिएको छ । नगरपालिकाभित्रका तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीहरूको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको नगर प्रमुख अर्यालले बताए । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र बर्सातको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ ।  बाढी प्रभावित नागरिकको गाँस, बास र स्वास्थ्य उपचारको अभाव हुन नदिने नगरपालिकाले बताएको छ । बर्सातको समयमा अति उच्च जोखिममा रहेका स्थानहरुमा घर सफा गर्ने, मर्मत गर्ने र पुनः सोही घरमा बस्ने गरी जोखिमयुक्त कार्य भइरहेकोतर्फ नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ । साथै त्यस्तो काममा नलाग्न अपिलसमेत गरेको छ । रासस

पहिरो पीडितका लागि टहरा निर्माण कार्य तीव्र

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बाढी पहिरोका प्रभावित परिवारका लागि अस्थायी टहरा निर्माणको कार्य तीव्र पारिएको छ । पहिरोको उच्च जोखिममा परेका बस्तीलाई एकीकृत बस्तीका रूपमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि अस्थायी टहरा निर्माण कार्यलाई तीव्र पारिएको हो ।

पहिरो पीडितका लागि टहरा निर्माण

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोपीडित परिवारका लागि अस्थायी टहरा निर्माण गर्न सुरु गरिएको छ । गत असार पहिलो साता भीषण वर्षासँगै गएको पहिरोका कारण पीडित तथा प्रभावित बनेका परिवारलाई स्थानान्तरण गर्न अस्थायी टहरा निर्माण गर्न सुरु गरिएको हो ।