चन्द्रागिरि नगरपालिकाको मेयरमा घनश्याम गिरी पुन: निर्वाचित

५ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका घनश्याम गिरी निर्वाचित भएका छन् । गिरी यसअघि पनि चन्द्रागिरी नगरपालिकाको मेयर थिए । कुल ३६ हजार ७०३ मत खसेकोमा गिरीले १५ हजार ४७५ मत ल्याए । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उत्तमबाबु राउतले १४ हजार ६१ मत ल्याए । उपमेयरमा नेकपा एमालेका बसन्ती श्रेष्ठ […]

सम्बन्धित सामग्री

राष्ट्रपति काजी कालु पाँडेको समाधिस्थलमा

राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थल चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित समाधिस्थलमा आउनुभएको छ । काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी आउनुभएको हो । राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठलगायतले …

थानकोटमा एक अर्बको लगानीमा अस्पताल बन्ने

चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जर्मन विकास बैंक (केएफडब्लु) रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ । सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ ।

एक अर्बको लगानीमा थानकोटमा स्त्रीरोग अस्पताल बन्दै

फागुन २, काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जर्मन विकास बैंक (केएफडब्लु) रू. एक अर्ब बराबरको आर्थिक एवम् प्राविधिक सहयोग गर्नेछ ।  सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जानकारी दिइएको छ । नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।  नगरप्रमुख गिरीले भने, ‘डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्छ । निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौं । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ ।’ अस्पतालले काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पुर्‍याउने छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।  थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जानकारी दिइएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ ।  अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपांगता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्माले जानकारी दिए ।  उत्कृष्ट कार्यसम्पादन गरेबापत नगरपालिकाको तर्फबाट हालै रू. ५० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्राप्त गरेको उनले भने, ‘प्रयोगशाला,  उपकरणसहित अस्पतालले उत्कृष्ट सेवा प्रदान गरिराखेको छ ।’ रासस

म्युजिक भिडियोमा ‘मेयर’ साप

चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी म्युजिक भिडियोमा देखिएका छन् । रामकुमार कार्की र कमला खड्का स्वर रहेको गीत ‘मुखमा मीठा पान’ को म्युजिक भिडियोमा गिरी पनि अभिनय गरेका हुन् ।चन्द्रागिरि नगरपालिकाको आसपासका स्थानमा हालै छायाँकन भएको भिडियोमा मेयर गिरीका अलवा उपमेयर, चन्द्रागिरिका बिभिन्न वडाका अध्यक्ष, सदस्यहरु लगायत स्थानीय समाजसेवीको समेत अभिनय समेटिएको छ ।रुपेश दानीको शब्द तथा रामकुमार केसीको संगीत रहेको गीतमा आरके मिलनको संगीत संयोजन रहको छ । चन्द्रागिरि नगरपालिकाका, विभिन्न

१ अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

काठमाडौं, (नेस)। चन्द्रागिरि नगरपालिकामा १ अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंकको १ अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो । अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ । उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा […]

चन्द्रागिरि नगरपालिकामा प्रसूति अस्पताल निर्माण गरिने

काठमाडौँ – चन्द्रागिरि नगरपालिकामा एक अर्ब रुपैयाँ लागतमा प्रसूति अस्पताल निर्माण गरिने भएको छ। जर्मन विकास बैंकको एक अर्ब रुपैयाँ बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो। अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ। उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन […]

मेयर फोरमको अध्यक्षमा चिरीबाबु

काठमाडौँ उपत्यका मेयर फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ । शुक्रबार उपत्यकामा सम्पन्न तीन जिल्लाका १८ वटा नगरपालिका प्रमुख र उपप्रमुखको भेलाले उपत्यका नगरपालिका फोरमको अध्यक्षमा महर्जनलाई चयन गरेको हो । उपाध्यक्षमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, सचिवमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, सहसचिवमा मध्यपुर थिमिका प्रमुख