नोकियाले फिनल्याण्डको दूतवाससँगको सहकार्यमा ’नोकिया नेपाल इनोभेसन डे २०२२’ को आयोजना गरेको छ ।वि.सं. २०१७ मा नोकियाले नेपालमा आफ्नो उपस्थितिको स्थापना गरेको थियो । कम्पनीका अनुसार हाल १० लाखभन्दा बढी नेपाली घरहरूसम्म यसले उच्च गुणस्तरको फिक्स्ड ब्रोडब्यान्ड सेवा पुर्याएको छ ।अब भने नोकियाले नेपाललाई ५–जी युगको लागि तयार गर्ने र डिजिटल क्रान्तिको हिस्सा बनाउने लक्ष्य […]
नोकियाले शुक्रबार काठमाडौंमा गरेको ‘नोकिया नेपाल इनोभेसन डे २०२२’ मा २०१७ मा औपचारिक रूपमा नेपालमा सेवा थालेको कम्पनीले उल्लेख्य सेवा विस्तार गरेको जनाएको हो ।
काठमाडौँ। नोकियाले फिनल्याण्डको दूतवाससँगको सहकार्यमा “नोकिया नेपाल इनोभेसन डे २०२२” को आयोजना गरेको छ। नोकियाले शुक्रवार होटल मेरियटमा “नोकिया नेपाल इनोभेसन डे २०२२” को आयोजना गरेको हो।
वि.स. २०१७ मा नोकियाले नेपालमा आफ्नो उपस्थिति गरेको थियो भने हाल १० लाखभन्दा बढी नेपाली घरहरुसम्म ग्राहक बनाउन सफल भएको छ।
नोकियाले फिनल्याण्डको दूतवाससँगको सहकार्यमा “नोकिया नेपाल इनोभेसन डे २०२२” को आयोजना गरेको छ । नोकियाले शुक्रवार होटल मेरियटमा “नोकिया नेपाल इनोभेसन डे २०२२” को आयोजना गरेको हो ।वि.स. २०१७ मा नोकियाले नेपालमा आफ्नो उपस्थिति गरेको थियो भने हाल १० लाखभन्दा बढी नेपाली घरहरुसम्म ग्राहक बनाउन सफल भएको छ । अब नेपालमा ५g को बनाउने र डिजिटल क्रान्तिको हिस्सा बनाउने लक्ष्य रहेको नोकियाले जनाएको छ । नोकियाले उच्च गुणस्तरीय सेवा, किफायती मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड होभ
चैत २, काठमाडौं। पछिल्लो एक दशकमा थुप्रै कम्पनीका मोबाइल फोन बजारमा आए ।
तीमध्ये नोकिया, मोटोरोला, सोनी, जीओनी, डीटीसी, एप्पल, सामसङ, ओप्पो, हुवावेई, एमआई, ब्ल्याकबेरी, एलजी, लाभा, माईक्रो म्याक्स, भिवो, लेनोभोलगायत मुख्य थिए । ती फोनमध्ये अहिले एकाध बाहेक धेरैजसो फोन गुमनाम जस्तै भएका छन् ।
कुनै समय एकछत्र राज गरेका मोबाइल फोनले समयानुकुल आफूलाई परिमार्जन गर्न नसक्दा बिस्तारै बजार मात्रै गुमाएनन्, फेजआउट नै भएका छन् । किप्याड मोबाइलमा एकछत्र राज गरेको ती मोबाइल ब्राण्डले विभिन्न फिचरसहितका आइओएस र एण्ड्रोइड अप्रेटिङ सिस्टम भएका मोबाइल बजारमा आएपछि आफ्नो बजार गुमाउन शुरु गरेका थिए ।
१ नोकिया
नोकिया, नेपाल मात्रै नभएर विश्व बजारबाटै आफ्नो बजार हिस्सा गुमाएर १ प्रतिशतभन्दा तल झरिसकेको छ । किप्याड मोबाइलसँगै बजारमा आएको सामसङ, सोनीलगायत अन्य फोन स्मार्ट फिचरसहित बजारमा आउन थालेपछि नोकियाले आफ्नो बजार गुमाउन थालेको थियो ।
कुनै समय एशियन बजारमा नोकिया फोनको साम्राज्य नै थियो भन्दा फरक नपर्ला । तर अहिले यो फोन ब्राण्ड विश्वबजारको गन्तिमै पर्दैन । इन्टरनेटको सहज पुहँच बढ्दै जाँदा नयाँ - नयाँ प्रविधि समेट्न नसक्दा लगभग बन्दै हुन लागेको नोकियाले आफूलाई परिमार्जित गर्दै पुन : बजारमा आउने कोसिस गरिरहेको छ । नेपालमा यसको बजार हिस्सा १ प्रतिशत मात्रै छ । अन्तरराष्ट्रिय बजारमा भने गन्तीमै पर्दैन ।
२. मोटोरोला
त्यस्तै इलेक्ट्रोनिक सामान उत्पादन गर्दै आएको अर्को कम्पनी मोटोरोलाले पनि नोकियाको जस्तै गरि बजार गुमाएको छ । यो कम्पनीको कुनै पनि फोन नेपाली बजारमा छैनन् । शुरुवाती समयमा निकै मजबुत फोनको पहिचान बनाएको यो फोन धेरै लामो समय बजारमा टिक्न सकेन । नेपालमा यसको बजार हिस्सा नगन्य मात्रामा छ भने विश्वबजारमा यसको हिस्सा २ दशमलव ९ प्रतिशत रहेको छ ।
३. एलजी
इलेक्ट्रोनिक सामान उत्पादन र विक्री गर्दै आएको एलजीले इनेक्ट्रोनिक समानमा ठूलो बजार हिस्सा ओगटे पनि मोबाइल फोनमा भने बजार बिस्तार गर्न सकेन । यो ब्राण्डका स्मार्टफोन अहिले नेपाली बजारमा नगन्य मात्रामा छन् । यसले विश्वबजारको १ प्रतिशत मात्रै बजार पाएको छ । नेपालमा यसको बजार गन्तीमा पर्दैन ।
४ सोनी
इलेक्ट्रोनिक सामानमा अत्याधिक रुचाइने जापनिज सोनी ब्राण्डका क्यामेरा, टेलिभिजनलगायत इलेक्ट्रोनिक सामानमा उत्पादन गर्दै आएको सोनीले मोबाइल फोनसमेत उत्पादन गर्दै आएको थियो ।
राम्रै बजार पाउँदा पाउँदै पनि यो कम्पनीले समयअनुसार नयाँ प्रविधिलाई जोड्न सकेन । जसको कारण सम्भावना हुँदा- हुँदै पनि बजार गुमायो । हाल यो कम्पनीका सीमित मात्रमा मात्रै स्मार्ट फोन उपलब्ध रहेका छन् । हाल नेपालमा केहि मोडलमा उपलब्ध भएता पनि यसको बजार वर्षेनी घट्दो छ । अर्थात हाल बिश्व बजारमा सोनी फोन फेजआउट भइसकेको छ ।
५ डीटिसी
सस्तो मूल्यको स्मार्टफोन डीटिसी ब्राण्डको मोबाइल फोनले पनि आफ्नो बजार बिस्तार गर्न सकेन । अन्यको तुलनामा सस्तो मानिएको यो फोनले उपभोक्ताको मन जित्न सकेन । हाल यो ब्राण्डका स्मार्टफोन विक्री हुनै छाडेको छ । यो कम्पनीका स्टकमा रहेका मोबाइल बाहेक नयाँ फोन उपलब्ध छैनन् ।
६ माईक्रोम्याक्स
केहि समय राम्रै चर्चा पाएको अर्को मोबाइल ब्राण्ड हो, माईक्रोम्याक्स । नेपाली बजारमा प्रवेश गरेसँगै राम्रो बजार हिस्सा लिने अपेक्षा गरिएको थियो । निम्न र मध्यम वर्गिय ग्राहकको लागि फिचर्स फोन हुने अपेक्षा गरिएको चिनियाँ कम्पनीको यो सस्तो मोबाइलले पनि आफ्नो बजार गुमायो ।
७ जीओनी
त्यस्तै अर्को चिनियाँ कम्पनीले उत्पादन गरेको जीओनी पनि नेपाली बजारमा टिक्न सकेन । समय अनुसारको सेवा र एक्सेसोरिजको सुविधा दिन नसक्दा यी कम्पनीका मोबाइलले बजार गुमाउँदै गएका हुन ।
८ बल्याकबेरी
त्यस्तै अर्को कम्पनी ब्ल्याकबेरीले नेपालमा राम्रो बजार नै पाउन सकेन। सेक्यूरिटिको हिसाबले निकै राम्रो मानिएको ब्ल्याकबेरीले प्रयोगकर्ता आकर्षित गर्ने कुनै पनि फिचर तथा योजना ल्याउन सकेन ।
९ लेनोभो
यो ब्राण्डको मोबाइलले पनि एक्सेसोरिजको सुविधा दिन नसक्नु तथा समयानुकुल मोडिफाई हुन नसक्दा यसले पनि विश्वबजारबाटै बाहिरिनु पर्यो । हाल यस ब्राण्डका केहि ट्याब्लेट बजारमा उपलब्ध भएतापनि मोबाईल भने खासै छैनन् ।
१० लाभा
सस्तो मूल्यमा फिचर्स फोन भन्दै बजारमा आएको यो फोनले पनि आफ्नो बजार विस्तार त परै जावस भएको घरेलु बजारमा समेत दरिलो उपस्थिति देखाउन सकेन । हाल कहिं कतै देखिए पनि यसको बजारमा दरिलो उपस्थिति भने छैन ।
हाल एप्पल, सामसङ, हुवावेई, साओमी, लाभालगायत सीमित कम्पनीका मोबाइल मात्र बजारमा छन् । विभिन्न प्रविधिको प्रयोग गर्दै सीमित कम्पनीले मात्र प्रतिस्पर्धा गरिरहेका छन् । सामसङ र एप्पल महङ्गा मोबाइल बजारमा ल्याउने प्रतिस्पर्धामा छन् भने, ओप्पो, हुवावेई,एमआईलगायतले सस्तो तथा मध्यम मूल्यका मोबाइल विक्रीमा प्रतिस्पर्धा गरिरहेका छन् ।
माघ २३, काठमाडौ। नेपाल टेलिकमले आफ्नो १८ औ वार्षिकोत्सव पारेर भीओएलटिई सेवाको व्यवसायीक शुरुवात गरेको छ।
गत जेठबाट परिक्षण भईरहेको भीओएलटिई सेवा शनिवारदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको हो । देशभर टेलिकमको फोरजी नेटवर्क कभरेज भएको ठाउँमा भीओएलटिई सेवा उपलब्ध भएको नेपाल टेलिकमले बताएको छ ।
टेलिकमले सेवालाई आधुनिक बनाउँदै गुणस्तर सुधार गर्ने भन्दै वायरलेस प्रविधिको चौथो पुस्ताको प्रविधि फोरजी एलटिई सेवाको शुरु गरेको थियो । उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलको भ्वाईस सेवामा हाई डेफिनेशन प्राप्त हुने भीओएलटिई सेवा गत जेठबाट परीक्षण शुरु गरिएको थियो ।
यो भीओएलटिई प्रविधिले डायल गर्नासाथ सम्पर्क कायम हुने, नेटवर्कको सहज उपलब्धताका साथै सेवामा गुणस्तरीयता महसुस गर्न सकिने टेलिकमले बताउँदै आएको थियो।
कसरी एक्टिभ गर्ने ?
यदि तपाईसँग उल्लेखित कुनै पनि फोनसेटन छ भने डायल प्याडमा गएर *४४४# डायल गर्नुहोस र सेवा शुरु गर्नुहोस । एण्ड्रोइड फोन छ भने नेटवर्क सेटिङमा गएर भीओएलटिई अन गर्नुहोस । यदि तपाई आईफोन यूजर हो भने सेटिङ भित्र कलरडाटामा जानुहोस, डाटाअप्सनमा जानुहोस। त्यसपछि भ्वाईस डाटामा जानुहोस् भीओएलटिई अन गर्नुहोस र एलटिई अप्सनमा टिकमार्क लगाउनुहोस ।
शनिवारदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको भीओएलटिई सेवा नेपालमा उपलब्ध सबै फोन सेटमा भने सपोर्ट गर्दैन । भीओएलटिई सपोर्ट गर्ने फोनसेटमा मात्रै यो सेवा उपलब्ध हुनेछ । आफ्नो मोबाईलको सेटिङमा गएर भीओएलटिई अप्सन भए नभएको निर्क्योल गरि आफ्नो फोनमा भीओएलटिई चल्ने नचल्ने पत्ता लगाउन सकिन्छ। यद्यपी नेपाल टेलिकमले भीओएलटिई सेवा सपोर्ट गर्ने फोन भित्र्याउन मोबाईल फोन आयात कर्तालाई अनुरोध गर्दै आएको छ।
यी हुन भीओएलटिई चल्ने मोबाईल फोन
सामसङ
ग्यालेक्सी एम जीरो वान एस, ग्यालेक्सी एम ०२, ग्यालेक्सी एम ११, ग्यालेक्सी एम १२, ग्यालेक्सी एम २१, ग्यालेक्सीन एम ३० एस, ग्यालेक्सी एम ३१, ग्यालेक्सी ए १२, ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ५२, ग्यालेक्सी ए ५२ फोनमा चल्ने छ ।
त्यस्तै सामसङको ग्यालेक्सी ए ७० एस, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ७२, ग्यालेक्सी नोट १०, ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, ग्यालेक्सी एस टेन इ, ग्यालेक्सी एस २०, ग्यालकेसी एस २० प्लस, ग्यालेक्सी एन २० अल्ट्रा, ग्यालेक्सी एस २० एफई, ग्यालेक्सी एन २१, ग्यालेक्सी एस २१ प्लस, ग्यालेक्सी एन २१ अल्ट्रा मोबाइलमा सेमत चल्नेछ ।
त्यसैगरी सामसङको ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड २ मोबाइलमा चल्नेछ ।
आईफोन
आईफोन ६, आईफोन सिक्स एस, आईफोन सिक्स एस प्लस, आईफोन सेभेन, आईफोन सेभेन प्लस, आईफोन एट, आईफोन एट प्लस, आईफोन एसई, आईफोन एक्स, आईफोन एक्सआर, आईफोन एक्सएस, आईफोन एक्सएस म्याक्स, आईफोन ११, आईफोन ११ प्रो, आईफोन ११ प्रो म्याक्स, आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्समा नेपाल टेलिकमको भीओएलटिई चल्नेछ । आईफोनमा लेटेस्ट आईओएस अपडेट आएको छ की छैन् निश्चित गर्नुपर्छ ।
साओमी
साओमीको रेडमी नाइन प्राइम, एमआई १०, रेडमी नोट नाइन प्रो, रेडमी एटए, रेडमी नोट सेभेन प्रो, रेडमी नोट १० प्रो, रेडमी नाइन सी, रेडमी नाइन ए, रेडमी नाइन प्राइम, रेडमी एट, रेडमी सेभेन, पोको एफ वान र एमआई नोट टेन लाइट मोबाइलमा चल्नेछ ।
नोकिया
नोकियाको नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४, नोकिया जी ट्वान्टी फोनमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।
त्यस्तै जेटिईका जेटिई ब्लेड ए-५१, जेटिई ब्लेड भी-३० जेटिई ब्लेड ए- ७१ / ओप्पो एफ-१९, ओप्पो ए-१६/ भीवोका वाई – ५१, वाई – २० वाई – २० एस र वन प्लसको वनप्लस- सीई फोनमा चल्ने टेलिकमले जानकारी दिएको छ।