कुनै समय मोबाइल बजारमा एकछत्र राज गर्ने यी १० ओटा मोबाइल ब्राण्ड, यसरी भए गुमनाम

चैत २, काठमाडौं। पछिल्लो एक दशकमा थुप्रै कम्पनीका मोबाइल फोन बजारमा आए ।  तीमध्ये नोकिया, मोटोरोला, सोनी, जीओनी, डीटीसी, एप्पल, सामसङ, ओप्पो, हुवावेई, एमआई, ब्ल्याकबेरी, एलजी, लाभा, माईक्रो म्याक्स, भिवो, लेनोभोलगायत मुख्य थिए । ती फोनमध्ये अहिले एकाध बाहेक धेरैजसो फोन गुमनाम जस्तै भएका छन् । कुनै समय एकछत्र राज गरेका मोबाइल फोनले समयानुकुल आफूलाई परिमार्जन गर्न नसक्दा बिस्तारै बजार मात्रै गुमाएनन्, फेजआउट नै भएका छन् । किप्याड मोबाइलमा एकछत्र राज गरेको ती मोबाइल ब्राण्डले विभिन्न फिचरसहितका आइओएस र एण्ड्रोइड अप्रेटिङ सिस्टम भएका मोबाइल बजारमा आएपछि आफ्नो बजार गुमाउन शुरु गरेका थिए । १ नोकिया नोकिया, नेपाल मात्रै नभएर विश्व बजारबाटै आफ्नो बजार हिस्सा गुमाएर १ प्रतिशतभन्दा तल झरिसकेको छ । किप्याड मोबाइलसँगै बजारमा आएको सामसङ, सोनीलगायत अन्य फोन स्मार्ट फिचरसहित बजारमा आउन थालेपछि नोकियाले आफ्नो बजार गुमाउन थालेको थियो । कुनै समय एशियन बजारमा नोकिया फोनको साम्राज्य नै थियो भन्दा फरक नपर्ला । तर अहिले यो फोन ब्राण्ड विश्वबजारको गन्तिमै पर्दैन । इन्टरनेटको सहज पुहँच बढ्दै जाँदा नयाँ - नयाँ प्रविधि समेट्न नसक्दा लगभग बन्दै हुन लागेको नोकियाले आफूलाई परिमार्जित गर्दै पुन : बजारमा आउने कोसिस गरिरहेको छ ।  नेपालमा यसको बजार हिस्सा १ प्रतिशत मात्रै छ । अन्तरराष्ट्रिय बजारमा भने गन्तीमै पर्दैन ।  २. मोटोरोला त्यस्तै इलेक्ट्रोनिक सामान उत्पादन गर्दै आएको अर्को कम्पनी मोटोरोलाले पनि नोकियाको जस्तै गरि बजार गुमाएको छ ।  यो कम्पनीको कुनै पनि फोन नेपाली बजारमा छैनन् । शुरुवाती समयमा निकै मजबुत फोनको पहिचान बनाएको यो फोन धेरै लामो समय बजारमा टिक्न सकेन । नेपालमा यसको बजार हिस्सा नगन्य मात्रामा छ भने विश्वबजारमा यसको हिस्सा २ दशमलव ९ प्रतिशत रहेको छ । ३. एलजी इलेक्ट्रोनिक सामान उत्पादन र विक्री गर्दै आएको एलजीले इनेक्ट्रोनिक समानमा ठूलो बजार हिस्सा ‌ओगटे पनि मोबाइल फोनमा भने बजार बिस्तार गर्न सकेन । यो ब्राण्डका स्मार्टफोन अहिले नेपाली बजारमा नगन्य मात्रामा छन् । यसले विश्वबजारको १ प्रतिशत मात्रै बजार पाएको छ । नेपालमा यसको बजार गन्तीमा पर्दैन । ४ सोनी इलेक्ट्रोनिक सामानमा  अत्याधिक रुचाइने जापनिज सोनी ब्राण्डका क्यामेरा, टेलिभिजनलगायत इलेक्ट्रोनिक सामानमा उत्पादन गर्दै आएको सोनीले मोबाइल फोनसमेत उत्पादन गर्दै आएको थियो ।  राम्रै बजार पाउँदा पाउँदै पनि यो कम्पनीले समयअनुसार नयाँ प्रविधिलाई जोड्न सकेन । जसको कारण सम्भावना हुँदा-  हुँदै पनि बजार गुमायो । हाल यो कम्पनीका सीमित मात्रमा मात्रै स्मार्ट फोन उपलब्ध रहेका छन् । हाल नेपालमा केहि मोडलमा उपलब्ध भएता पनि यसको बजार वर्षेनी घट्दो छ । अर्थात हाल बिश्व बजारमा सोनी फोन फेजआउट भइसकेको छ । ५ डीटिसी  सस्तो मूल्यको स्मार्टफोन डीटिसी ब्राण्डको मोबाइल फोनले पनि आफ्नो बजार बिस्तार गर्न सकेन । अन्यको तुलनामा सस्तो मानिएको यो फोनले उपभोक्ताको मन जित्न सकेन  । हाल यो ब्राण्डका स्मार्टफोन विक्री हुनै छाडेको छ । यो कम्पनीका स्टकमा रहेका मोबाइल बाहेक नयाँ फोन उपलब्ध छैनन् । ६ माईक्रोम्याक्स  केहि समय राम्रै चर्चा पाएको अर्को मोबाइल ब्राण्ड हो, माईक्रोम्याक्स । नेपाली बजारमा प्रवेश गरेसँगै राम्रो बजार हिस्सा लिने अपेक्षा गरिएको थियो । निम्न र मध्यम वर्गिय ग्राहकको लागि फिचर्स फोन हुने अपेक्षा गरिएको चिनियाँ कम्पनीको यो सस्तो मोबाइलले पनि आफ्नो बजार गुमायो ।  ७ जीओनी त्यस्तै अर्को चिनियाँ कम्पनीले उत्पादन गरेको जीओनी पनि नेपाली बजारमा टिक्न सकेन । समय अनुसारको सेवा र एक्सेसोरिजको सुविधा दिन नसक्दा यी कम्पनीका मोबाइलले बजार गुमाउँदै गएका हुन ।  ८ बल्याकबेरी  त्यस्तै अर्को कम्पनी ब्ल्याकबेरीले नेपालमा राम्रो बजार नै पाउन सकेन। सेक्यूरिटिको हिसाबले निकै राम्रो मानिएको ब्ल्याकबेरीले प्रयोगकर्ता आकर्षित गर्ने कुनै पनि फिचर तथा योजना ल्‍याउन सकेन ।  ९ लेनोभो  यो ब्राण्डको मोबाइलले पनि एक्सेसोरिजको सुविधा दिन नसक्नु तथा समयानुकुल मोडिफाई हुन नसक्दा यसले पनि विश्वबजारबाटै बाहिरिनु पर्‍यो । हाल यस ब्राण्डका केहि ट्याब्लेट बजारमा उपलब्ध भएतापनि मोबाईल भने खासै छैनन् । १० लाभा  सस्तो मूल्यमा फिचर्स फोन भन्दै बजारमा आएको यो फोनले पनि आफ्नो बजार विस्तार त परै जावस भएको घरेलु बजारमा समेत दरिलो उपस्थिति देखाउन सकेन । हाल कहिं कतै देखिए पनि यसको बजारमा दरिलो उपस्थिति भने छैन ।  हाल एप्पल,  सामसङ, हुवावेई, साओमी, लाभालगायत सीमित कम्पनीका मोबाइल मात्र बजारमा छन् । विभिन्न प्रविधिको प्रयोग गर्दै सीमित कम्पनीले मात्र प्रतिस्पर्धा गरिरहेका छन् । सामसङ र एप्पल महङ्गा मोबाइल बजारमा ल्याउने प्रतिस्पर्धामा छन् भने, ओप्पो, हुवावेई,एमआईलगायतले सस्तो तथा मध्यम मूल्यका मोबाइल विक्रीमा प्रतिस्पर्धा गरिरहेका छन् ।