२२ भदौ, काठमाडौं । प्रधानन्यायाधीशविना संवैधानिक इजलासको सुनुवाई रोक्न न्यायाधीश हरि फुयाँलको इजलासले दिएको अन्तरिम आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको भ्याकेट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । न्यायाधीश फुयाँलको इजलासले भदौ १७ गते अधिवक्ता डा. गणेश रेग्मीको रिट निवेदनमा सुनुवाई गर्दै प्रधानन्यायाधीशविना संवैधानिक इजलास नबस्न अन्तरिम आदेश दिएको थियो । उक्त अन्तरिम आदेशविरुद्ध वरिष्ठ […]