सरकारले असार ३१ गते पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० लागू गरेपछि अन्तर्राष्ट्रिय बजारमा बढेर आउँदा बढ्ने र घटेर आउँदा घट्ने व्यवस्था गरेका छौँ । त्यसैअनुसार अघिल्लाे पटक डिजल, पेट्रोलमा बढेर आउँदा बढाएका थियौँ भने ग्यासमा घटेर आएको थियो । त्यस बेलामा हामीले ग्यासमा एक सय ३० रुपैयाँ घटाएका थियौँ ।
अहिले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने क्रममा छ । हामीले पेट्रोलियम पदार्थ खरिद गर्ने इन्डियन आयल कर्पोरेशन (आईओसी) ले महिनाको दुई पटक मूल्यसूची पठाउने गर्छ । हरेक महिना...