बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा.शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो । सोमबार संसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो । सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि प्रश्न उठाएका थिए । संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्

सम्बन्धित सामग्री

संसदीय सुनुवाई समितिद्वारा २ राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।  मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको थियो । सरकारद्वारा प्रस्तावित राजदूत राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठ

श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।  मंगलबार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

तीन देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले तीन देशका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले बङ्गलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतत्रय क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको अनुमोदन गरेको हो। समितिको बैठकमा बङ्गलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेशको कूटनीति र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन […]

बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । सिंहदरवारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदुत घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम अनुमोदन गरेको हो । समिति बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रवृत्तिमा अध्ययनरत नेपाली […]

प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ ।समितिको सोमवार बसेको बैठकले बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित राजदूत डा. शंकर प्रसाद शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको […]

प्रस्तावित तीन राजदूतको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । सोमबार बसेको समितिको बैठकले तीन देशका प्रस्तावित राजदूत क्रमशः शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मत अनुमोदन गरेको होे । समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार सोमवार प्रस्तावित राजदूतलाई समितिको बैठकमा डाकेर सुनुवाइ गरिएको थियो । सुनुवाइका क्रममा भारतका लागि प्रस्तावित राजदूत डा. शर्माले नेपाल र भारतबीच विश्वासको सम्बन्ध बनाउनुपर्ने बताए । आपसमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधारका लागि दुई देशबीच विश्वासको वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । संसदीय सुनुवाइ समितिमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘दुई देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधार गर्ने विषयमा एउटा विश्वासकै आवश्यकता छ । सबभन्दा ठूलो विश्वास हो । विश्वासलाई विकास गर्न सके धेरै कामहरू सजिलैसँग अगाडि जानसक्छ ।’ शर्माले भारतमा प्राप्त अवसरहरूलाई नेपालको समृद्धिका लागि उपयोग गर्दै अगाडि बढ्ने बताए । यस्तै, अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत श्रीधर खत्रीले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) लाई इन्डो प्यासिफिकसँग जोड्नु केही हदसम्म गलत भएको बताए । साथै नेपाल र अमेरिका दुवैतर्पmको गल्तीका कारण पनि एमसीसीलाई इन्डो प्यासिफिकसँग जोडेर हेरिएको बताए । प्रस्तावित राजदूत खत्रीले एमसीसीले दिने सहयोग विकासका लागि अनुदान भएको र सम्झौताबारे उठेका विषयहरूमा अमेरिकाले स्पष्ट पारेको बताए । एमसीसी सम्झौता, दलहरूबीच र देशभित्रको विवादमा अल्झिएको जस्तो देखिएको भन्दै उनले भने, ‘लिने हो या होइन बारे हामी स्पष्ट भने हुनुपर्छ ।’ यता बेलायतका लागि प्रस्तावित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने बताए । उनले गोखा सैनिकहरूको अधिकारको पक्षमा आपूmले लबिङ गर्ने समेत बताए । समितिको बैठकले प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्दै राजदूत सिफारिश समावेशी बनाउनसमेत सरकारलाई निर्देशन दिएको छ ।

३ देशका प्रस्तावित राजदूत संसदीय समितिबाट अनुमोदन

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । सोमबार संसदीय सुनुवाइ समितिले छलफलपछि ३ देशका प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो ।भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम अनुमोदन भएको हो ।गत कात्तिक ११ गतेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूतको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट उनीहरुको नाम अनुमोदन भएपछि अब राष्ट्रपतिबाट नियुक्त हुने बाटो खुलेको छ ।