काठमाडौं १ बाट प्रकाशमान सिंहले मनोनयन दर्ता गरे

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मनोनयन दर्ता गराएका छन् । ०७४ को चुनावमा उनले यही क्षेत्रबाट चुनाव जितेका थिए । यसपटक काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नेकपा एमालेबाट युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम […]

सम्बन्धित सामग्री

के भन्छन् काठमाडौंका उम्मेदवार ?

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवार प्रकाशमान सिंहले संविधानको मर्म अनुरुप संघीय कानूनहरु बनाउनु आफ्नो प्राथमिकता भएको बताएका छन् ।आईतवार प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मनोनयन दर्ता गरी सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपाली काँग्रेसका नेता सिंहले हालसम्म संविधानको मर्म र भावना अनुसारको संघीय कानूनहरु बनाउन नसकिएको बताए । उनले आगामी […]

काठमाडौँ क्षेत्र नम्बर १ मा सिंहसँग मिश्र, खरेल, पौडेल र बमले प्रतिस्पर्धा गर्ने

काठमाडौँ : सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले संविधानको मर्मअनुरूप संघीय कानुन बनाउनु आफ्नो प्राथमिकता भएको बताएका छन्।आइतवार प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मनोनयन दर्ता गरी सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता सिंहले हालसम्म संविधानको मर्म र भावना अनुसारको संघीय कानुन बनाउन नसकिएको बताएका हुन्।उनले आगामी मंसिर ४ गतेको निर्वाचनबाट आउने संसद्ले संविधानको मर्मअनुरूप प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाई

निधिले सभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।उनले शनिबार राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। निधिले सभापतिमा मनोनयन दर्ता गराएपनि टीम भने बनाएका छैनन्।सभापति पदमा कल्याण गुरुङ, युवराज न्यौपाने, डा. शेखर कोइराला तथा प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

शेखर र प्रकाशमानले दर्ता गराए उम्मेदवारी (तस्वीर)

काठमाडौं : नेपाली कांग्रेसका नेताद्वय डा.शेखर कोइराला र प्रकाशमान सिंहले पार्टीको सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।सिंहले बाजागाजा र र्‍यालीसहित उम्मेदवारी दर्ता गराएका हुन्। उनीसँगै उनको प्यानलबाट उपसभापति उम्मेदवार सुजाता कोइरालाले पनि मनोनयन दर्ता गरेकी छिन्। त्यस्तै डा. शेखर कोइरालाले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। कोइरालाको प्यानलमा उपसभापति चन्द्र भण्डारी र धनराज गुरुङ छन्। महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन्। सहमहामन्त्रीमा खस आर्यबाट

कांग्रेस सभापतिमा प्रकाशमानले दर्ता गराए उम्मेदवारी

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभागृह पुगेर सिंहले करीब साढे ३ बजे उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला उम्मेदवार बनेकी छन् । कोइराला परिवारबाट आफ्नै दाजु डा. शेखर कोइराला सभापतिमा उम्मेदवार बने पनि सुजाताले प्रकाशमानको प्यानल रोजेकी हुन् । राष्ट्रिय सभागृह जानुअघि प्रकाशमानले यलम्बर पार्टी प्यालेसमा उम्मेदवारी घोषणा सभालाई सम्बोधन गरेका थिए । कांग्रेस संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रया...

प्रकाशमान सिंहको काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता

नेपाली काँग्रेसको सभापतिमा नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गर्नुभएको छ । शनिबार नेता सिंहले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो । सिंहको समूहबाट उपसभापतिमा सुजाता कोइरालाले मनोनयन दर्ता गर्नुभएको छ । राजधानीमा शनिबार विशेष कार्यक्रम गर्दै सिंहले उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा, सुजाता कोइराला उपसभापति

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर सिंहले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सिंहको टिमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी घोषणा गरेकी छन् । सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् । […] The post प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा, सुजाता कोइराला उपसभापति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेस सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले औपचारिक कार्यक्रम गरेर सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । शनिबार नेता सिंहले राजधानीमा सभापति पदमा उम्मेदवारी घोषणा गर्न छुट्टै कार्यक्रम गर्नुभएको हो । सिंहले आफ्नो समूहबाट उपसभापतिमा सुजाता कोइरालालाई अगाडि सार्नुभएको छ । उम्मेदवारी घोषणा कार्यक्रमपछि मनोनयन दर्ता हुनेछ ।

काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रकाशमान सिंह

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले औपचारिक कार्यक्रम गरेर सभापति पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुभएको छ । राजधानीमा सभापति पदमा उम्मेदवारी घोषणा गर्न छुट्टै कार्यक्रम गर्नुभएको हो । सिंहले आफ्नो समूहबाट उपसभापतिमा सुजाता कोइरालालाई अगाडि सार्नुभएको छ । उम्मेदवारी घोषणा कार्यक्रमपछि मनोनयन दर्ता हुनेछ ।

सुजाता कोइराला प्रकाशमान सिंहको प्यानलमा, उपसभापतिमा उमेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिमा उमेदवारी दिने भएकी छन् । उनी प्रकाशमान सिंहको प्यानलबाट उपसभापति उमेदवार बन्न लागेकी हुन् । अहिले केहीबेरपछि प्रकाशमान सिंहले अवधारणापत्र सार्वजनिक गरेर मनोनयन दर्ता गर्नेछन् । सुजाता कोइराला पनि अवधारणापत्र सार्वजनिक समारोहमा उपस्थित हुने जनाइएको छ ।