बागलुङदेखि बलेवास्थित भैरवस्थानसम्मको सडक निर्माणका लागि २ वर्षअघि ७ करोड रुपैयाँको योजना संघीय सरकारले पठायो । लागत साझेदारीमा गर्नुपर्दा बागलुङ नगरपालिकाले १ करोड ७५ लाख लगानी गर्नुपर्ने भयो । तर नगरपालिकाले लगानी गर्न नसक्ने भएपछि योजना सम्झौता हुन सकेन ।